अवैध लागुऔषधसहित युवक पक्राउ

काठमाडौं।सिद्धार्थ नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका–१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। यसैबीच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका–३ बस्ने ६८ वर्षीय रनबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका–१ स्याङ्जा बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाइ कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![सरकार र प्रहरीबीच द्वन्द्व रहेको रास्वपाकै सांसदको दाबी [भिडियो]](https://hamrakura.com/uploads/news/images/madhu-chamlagain--.jpg)
सरकार र प्रहरीबीच द्वन्द्व रहेको रास्वपाकै सांसदको दाबी [भिडियो]
बिहीबार आयोजना गरिएको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताएका छन्। ...

पत्रकारमाथिको धरपकडबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो– हामीलाई जानकारी छैन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार भएका घटनाक्रमबारे प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै जानकारी नभएको बताएकी छन्। ‘आज जे–जति घटनाक्रम विकसित भएका छन्, ती घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ...

समाचार कक्षबाटै पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल
काठमाडौँ। प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता... ...

पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास: एमाले महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन्। शुक्रबार मिडियाको समाचार कक्षमा सादा पोशाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई घरपकड गरिरहेको सन्दर्भमा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएका हुन्। पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणम... ...


