Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्रीले सेयर बजारको विश्वास जित्न सकेनन्, आर्थिक सुधारबिना बुल सम्भव छैन : अजय सिंह थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्रीले सेयर बजारको विश्वास जित्न सकेनन्, आर्थिक सुधारबिना बुल सम्भव छैन : अजय सिंह थापा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर हुनु, नयाँ पैसा भित्रिन नसक्नु र नीतिगत अन्योल कायम रहनुले बजारको वृद्धि सीमित बनेको सेयर बजारका जानकार अजय सिंह थापाले बताएका छन्। अर्थमन्त्रीले सेयर बजारको विश्वास जित्न नसकेको र आर्थिक सुधारका ठोस आधार तयार नभएसम्म बजारमा दिगो वृद्धि सम्भव नरहेको उनको भनाइ छ।

थापाका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रका सेयरमा देखिएको सुधार बजारमा लगानीको प्रवृत्ति परिवर्तन हुनुको परिणाम हो । विगतमा केही समूहले कर्नरिङ तथा मूल्य प्रभावित पार्ने गतिविधिमा लगानी केन्द्रित गर्ने गरेकोमा सरकारले त्यस्ता गतिविधिमा निगरानी बढाएपछि पैसा बैंकिङ क्षेत्रमा सर्न थालेको उनले बताए।

बैंकिङ क्षेत्रको सेयर मूल्य तुलनात्मक रुपमा कम हुनु, पीई रेसियो कम रहनु र ७ देखि ८ प्रतिशतसम्म लाभांश प्रतिफल पाउन सकिने सम्भावनाले पनि लगानीकर्ता आकर्षित भएको उनको विश्लेषण छ । तर, बैंकहरुको नाफामा देखिएको सुधारलाई मात्र आधार मानेर समग्र अर्थतन्त्र बलियो भएको निष्कर्ष निकाल्न नमिल्ने उनले बताए।

उनका अनुसार कोभिडपछि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा सूचीकृत कम्पनीहरुको आम्दानी र लाभांश क्षमता पनि अपेक्षित रुपमा बढ्न सकेको छैन। बोनस तथा हकप्रद सेयरका कारण कम्पनीहरुको सेयर संख्या बढे पनि सोही अनुपातमा आम्दानी नबढ्दा बजारको मूल्यांकनमा दबाब परेको उनले बताए।

लामो समयदेखि बजारबाट प्रतिफल पाउन नसकेका पुराना लगानीकर्ता निष्क्रिय हुँदा नयाँ लगानीकर्ता पनि आकर्षित हुन सकेका छैनन्। २०२१ मा दैनिक २८ देखि २९ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेको बजारमा अहिले १० अर्ब रुपैयाँको कारोबारसमेत नियमित हुन नसक्नुले लगानीकर्ताको सहभागिता कमजोर भएको देखाउने थापाको भनाइ छ।

उनले सरकारको नीतिगत अस्थिरतालाई पनि बजारको प्रमुख समस्या मानेका छन्। सर्किट ब्रेकर, इन्ट्राडे कारोबार, सर्ट सेलिङ, फ्युचर एन्ड अप्सन तथा नेप्से–३० जस्ता विषयमा पटक–पटक चर्चा भए पनि स्पष्ट कार्यान्वयन योजना नहुँदा लगानीकर्ता अन्योलमा परेको उनले बताए । लगानीकर्तामाथि बढेको निगरानी र सम्पत्तिको स्रोतसम्बन्धी प्रक्रियाले पनि बजारमा पैसा परिचालन प्रभावित भएको उनको विश्लेषण छ।

थापाका अनुसार हाइड्रोपावर क्षेत्रमा पनि लगानी जोखिमपूर्ण छ। बाढीपहिरो, आयोजना निर्माणमा ढिलाइ, ऋणको भार र उत्पादन सुरु भएपछि पनि अपेक्षित नाफा नआउने समस्याले यस क्षेत्रका कम्पनीको वित्तीय अवस्था अध्ययन नगरी लगानी गर्नु जोखिमपूर्ण हुने उनले बताए।

बजारमा दिगो सुधारका लागि आर्थिक गतिविधि विस्तार, सूचीकृत कम्पनीको आम्दानी वृद्धि, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास पुनःस्थापना आवश्यक रहेको थापाको निष्कर्ष छ। उनले छोटो अवधिको कारोबारभन्दा स्थिर व्यवसाय र राम्रो वित्तीय अवस्था भएका कम्पनीमा अध्ययन गरेर दीर्घकालीन लगानी गर्न सुझाव दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंमा ‘मलेसियन फुड फेस्टिभल’ आयोजना हुँदै
Economy & BusinessJust now

काठमाडौंमा ‘मलेसियन फुड फेस्टिभल’ आयोजना हुँदै

काठमाडौं- काठमाडौंस्थित मलेसियाली दूतावासले ‘मलेसियन फुड फेस्टिभल अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ। दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन तथा उच्च शिक्षाका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको हो ...

आजको अर्थ
अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प
Economy & BusinessJust now

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

काठमाडौं । एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो । फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्ल… ...

आर्थिक न्यूज
बिरामीले सडक पार गर्नुपर्ने बाध्यता हट्दै, वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
Economy & BusinessJust now

बिरामीले सडक पार गर्नुपर्ने बाध्यता हट्दै, वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरेकी ...

अर्थडबली
जलवायु परिवर्तनले मुस्ताङका चरन क्षेत्र संकटमा, हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन सुरु
Economy & BusinessJust now

जलवायु परिवर्तनले मुस्ताङका चरन क्षेत्र संकटमा, हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन सुरु

काठमाडौं- जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement