अर्थमन्त्रीले राष्ट्रिय हित र स्वाभिमान बन्धक राखेर भारतको चाकडी गरे : नीरज आचार्य

काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भारतसँगको सम्बन्ध सुदृढ बनाउने नाममा नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई गौण बनाउन नहुने बताउनुभएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति दिएको सन्दर्भमा आचार्यले त्यसको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउनुभएकाे हाे । ‘नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन तर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अङ्ग हो,’ आचार्यले भन्नुभएकाे छ, ‘भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।’ नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै आचार्यले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित रहेको बताउनुभएकाे छ । ‘यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनभिज्ञ हुनुहुन्छ भन्ने लागेको छैन,’ उहाँले भन्नुभएकाे छ। नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित रहेको उल्लेख गर्दै आचार्यले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता भए पनि त्यसका लागि अतिरिक्त चाकडी आवश्यक नहुने बताउनुभएकाे छ । ‘छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन,’ आचार्यको भनाइ छ । उहाँले कूटनीति भनेको अर्को देशको आलोचना वा प्रशंसा गर्नु मात्र नभई आफ्ना राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु भएको बताउनुभएकाे छ। भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य आवश्यक रहेको भन्दै उहाँले सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएकाे छ। ‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर “तुम शरणम्” गर्ने धारणा दुवै अतिवादी सोच हुन्,’ आचार्यले भन्नुभएकाे छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्ना राष्ट्रिय हित र प्राथमिकताका आधारमा धारणा व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । तेस्रो मुलुकमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई पुरानो वा असान्दर्भिक ठहर्याउने अभिव्यक्तिले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उहाँकाे भनाइ छ । नेपाल–भारत सम्बन्ध कुनै क्षणिक राजनीतिक अभिव्यक्ति वा एक जना नेताको दृष्टिकोणले मात्र निर्धारण नहुने उल्लेख गर्दै आचार्यले यो दुई देशका जनता, साझा इतिहास र दीर्घकालीन हितसँग जोडिएको सम्बन्ध भएको बताउनुभएकाे छ । ‘अनावश्यक चाकडी वा उत्तेजना दुवैबाट मुक्त हुँदै पारस्परिक सम्मान, स्पष्ट राष्ट्रिय अडान र व्यावहारिक सहकार्यमा आधारित कूटनीति अवलम्बन गर्नु नै नेपालको हितमा हुन्छ,’ आचार्यको निष्कर्ष छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

व्यक्तिगत आरोप र अपुष्ट सूचना फैलाउने काम नगर्न नेकपाको निर्देशन
काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आरोप, चरित्रहत्या र अपुष्ट सूचनाका आधारमा अभिव्यक्ति नदिन निर्देशन दिएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले हालै जारी गरेको सर्कुलरमा सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा प्रयोग गर्न र पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानलाई प्रभावकारी ...

जलवायु न्यायलाई गम्भीरतापूर्वक लिन विश्वसमुदायलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह
काठमाडौं, कात्तिक ७। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असर र नेपालको जोखिमपूर्ण अवस्थालाई पुनः उजागर गरेको भन्दै जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको छ। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा ...

आफैं गाडी चलाए पनि सरकारी सुविधा दोहोरो! उच्च अधिकारीलाई चालकको तलबसमेत नगद, जनतालाई मितव्ययिताको पाठ
काठमाडौँ । सरकारी खर्च घटाउने, प्रशासनिक मितव्ययिता कायम गर्ने र सार्वजनिक स्रोतको सदुपयोग गर्ने भाषण दिइरहने सरकारले उच्च तहका सरकारी... ...


