व्यक्तिगत आरोप र अपुष्ट सूचना फैलाउने काम नगर्न नेकपाको निर्देशन

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आरोप, चरित्रहत्या र अपुष्ट सूचनाका आधारमा अभिव्यक्ति नदिन निर्देशन दिएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले हालै जारी गरेको सर्कुलरमा सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा प्रयोग गर्न र पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहले पार्टीको आधिकारिक डिजिटल सञ्चार माध्यम व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ । अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि भनिएको छ । सर्कुलरमा सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी उपयोग गर्न, तथ्यहीन तथा भ्रमपूर्ण सूचनाको तथ्यगत रूपमा खण्डन गर्न र पार्टीका आधिकारिक सामग्री एकरूपता तथा विश्वसनीयताका साथ सम्प्रेषण गर्न निर्देशन दिइएको छ । पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्याउने जिम्मेवारीबोध गर्न सदस्यहरूलाई आग्रह गरिएको छ । अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिअनुसार सञ्चालन गर्न पनि पार्टीले निर्देशन दिएको छ । व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना र तथ्यहीन प्रचारबाट बच्दै जनताको विश्वास, सम्मान तथा गोपनीयता कायम राख्न सर्कुलरमा भनिएको छ । त्यस्तै, अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने काम नगर्न, पार्टीको आधिकारिक निर्णय तथा निर्देशनबाहेक संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन निर्देशन दिइएको छ । महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र पार्टीको नीति, विधान तथा संगठनात्मक अनुशासनविपरीतका गतिविधिबारे सम्बन्धित तहलाई जानकारी गराउन पनि नेता तथा कार्यकर्तालाई भनिएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

जलवायु न्यायलाई गम्भीरतापूर्वक लिन विश्वसमुदायलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह
काठमाडौं, कात्तिक ७। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असर र नेपालको जोखिमपूर्ण अवस्थालाई पुनः उजागर गरेको भन्दै जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको छ। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा ...

अर्थमन्त्रीले राष्ट्रिय हित र स्वाभिमान बन्धक राखेर भारतको चाकडी गरे : नीरज आचार्य
काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भारतसँगको सम्बन्ध सुदृढ बनाउने नाममा नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई गौण बनाउन नहुने बताउनुभएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति दिएको सन्दर्भमा आचार्यले त्यसको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउनुभएकाे हाे । ‘नेपालको ...

आफैं गाडी चलाए पनि सरकारी सुविधा दोहोरो! उच्च अधिकारीलाई चालकको तलबसमेत नगद, जनतालाई मितव्ययिताको पाठ
काठमाडौँ । सरकारी खर्च घटाउने, प्रशासनिक मितव्ययिता कायम गर्ने र सार्वजनिक स्रोतको सदुपयोग गर्ने भाषण दिइरहने सरकारले उच्च तहका सरकारी... ...


