काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उत्कृष्ट डिलरलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ । कम्पनीले डिलरहरूसँगको व्यावसायिक सम्बन्ध थप आत्मीय, विश्वासपूर्ण र सुदृढ बनाउने लक्ष्यसहित तीनदिने धार्मिक तथा पर्यटकीय यात्रा आयोजना गरिएको जनाएको छ । गत जेठ तथा असारमा सञ्चालित विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ । यात्राका क्रममा सहभागी डिलरहरूले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कागबेनीलगायत मुस्ताङ क्षेत्रका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेका थिए । नेपालका प्रमुख सिमेन्ट उत्पादक कम्पनीमध्ये एक अर्घाखाँची सिमेन्टले गुणस्तर, नवीनता र दिगोपनलाई प्राथमिकतामा राख्दै उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ । वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत् गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।
अर्घाखाँची सिमेन्टका डिलरलाई मुक्तिनाथ दर्शन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






