Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ। कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्तामा चिन्ता बढ्दै गएपछि बजारमा गिरावट देखिएको हो। अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा करेक्शन अर्थात् बजार सुधार भनिन्छ। यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय-समयमा देखिँदै आएको छ। बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ। लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ। तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाएको छ। विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् बियर मार्केट सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ। वाल स्ट्रिटको परिभाषाअनुसार कुनै सेयर बजार सूचकाङ्क आफ्नो हालसम्मको उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई बियर मार्केट भनिन्छ। यस्तो अवस्थालाई बजारमा गहिरो गिरावट वा मन्दीको सङ्केतका रूपमा लिइन्छ। पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, यस क्षेत्रमा देखिएका चुनौती तथा प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस बढाएको छ। यद्यपि, १० प्रतिशतको गिरावट आफैँमा बजार मन्दी सुरु भएको प्रमाण भने होइन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
Latest NewsJust now

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

बलुचिस्तान। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्। सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन्। कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ। साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ। पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका ...

नेपालन्युज
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीले जिते
Latest NewsJust now

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीले जिते

गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने। नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जित... ...

नेपालखबर
कुहिरो र सूर्योदय हेर्न मानुङकोट
Latest NewsJust now

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

• चिसो मौसमसँगै मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ, विशेष गरी कुहिरो र सूर्योदयको दृश्यका लागि। • दैनिक तीन÷चार सय पर्यटक यहाँ पुगेर दृश्यावलोकन गर्दै, कतिपयले रात बिताउने गरेका छन्। • स्थानीय व्यवसायमा पनि पर्यटकको आगमनले सकारात्मक प्रभाव पारेको छ, जसले होटल र अन्य व्यवसायलाई फाइदा पुर्याइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play