Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै रिपब्लिकन सांसद

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै रिपब्लिकन सांसद
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रिपब्लिकन सांसद थोमस म्यासीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएका छन् । उनले यसै साता प्रतिनिधिसभामा मतदान गराउने तयारी गरेका छन् । बीबीसीका अनुसार उनले हेगसेथमाथि अमेरिकी संविधान उल्लंघन गरेको आरोप लगाएका छन् । “कंग्रेसको स्वीकृतिबिना ९० दिनभन्दा बढी समयदेखि इरानमा सैन्य गतिविधि सञ्चालन गरेर मन्त्री हेगसेथले कानुन उल्लंघन गरिरहेका छन् । उनलाई जवाफदेही बनाउनुपर्छ,” म्यासीले भने । आगामी जनवरीसम्म कंग्रेसमा रिपब्लिकनहरूको बहुमत कायम रहने भएकाले महाभियोग प्रस्ताव पारित हुने सम्भावना न्यून छ । म्यासीका अनुसार डेमोक्रेटहरूले आफ्नै महाभियोग प्रक्रिया सुरु गर्नुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथलाई पदबाट हटाउन दबाब दिनु उनको मुख्य उद्देश्य हो । म्यासीले सोमबार प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्तावमार्फत हेगसेथविरुद्ध महाभियोगका औपचारिक आरोपहरू दर्ता गराएका हुन् । “म यो काम गरिरहेको छु, किनभने यो सही कदम हो,” प्रस्ताव दर्ता गराएपछि उनले पत्रकारहरूसँग भने । यस विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा हेगसेथले आफू चिन्तित नरहेको प्रतिक्रिया दिए । उनले मंगलबार बिहान यसै विषयमा पत्रकार सम्मेलन गर्ने पनि बताएका छन् । हेगसेथले यसअघि गत मे महिनामा पत्रकार सम्मेलन गरेका थिए । केन्टकीका सांसद म्यासी इरान युद्ध सुरु भएदेखि नै ट्रम्प प्रशासन र युद्धका आलोचक रहँदै आएका छन् । यस्तै, दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित संघीय सरकारी फाइल सार्वजनिक गर्न प्रशासनमाथि दबाब दिने नेतामध्ये उनी पनि एक हुन् । म्यासीले पहिलोपटक गत सेप्टेम्बरमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए । गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत गुमाएपछि उनले प्रस्ताव पुनः अघि बढाएका हुन् । उनले हेगसेथलाई पदबाट हटाउने आफ्नो प्रयास आगामी वर्ष डेमोक्रेटहरूले कंग्रेसका दुवै सदनको नियन्त्रण लिएपछि हुन सक्ने महाभियोग प्रक्रियाभन्दा कम विवादास्पद हुने दाबी गरेका छन् । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया कप क्रिकेटः नेपालले टस जित्यो
Latest NewsJust now

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ । ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ । नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि ...

नेपालन्युज
एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर
Latest NewsJust now

एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् । काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन् । केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, आगामी दिनमा पुन: भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । वार्नरले एनपीएलमा ...

कर्पोरट खबर
१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर
Latest NewsJust now

१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन्। केसीले वार्नरलाई सुरक्षित यात्राको शुभकामना दिँदै टोली र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। साथै, भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन्। वार्नरले एनपीएलमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play