Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

न्युयोर्क । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन् । रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ । आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन् । अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ । एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन । त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो । ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् । उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए । निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ । अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन् । डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ । -एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
ताजा खबरJust now

उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

कोकिला ढकाल इलाम, कात्तिक ११ गते । मौसम विज्ञान विभागले आगामी कात्तिक १२ गते देखि १५ गतेसम्म पानी पर्ने सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाबासीलाई उच्च सत... ...

गोरखापत्र
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’
ताजा खबरJust now

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’

पाल्पा।पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो। महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ। महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ। विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ...

नेपालन्युज
लङ मार्च र आधुनिक चीनको राजनीतिक यात्रा
ताजा खबरJust now

लङ मार्च र आधुनिक चीनको राजनीतिक यात्रा

यो त्याग, बलिदान, सङ्घर्ष र तपस्याको कथा हो । चिनियाँ नागरिकको गौरवपूर्ण ऐतिहासिक सपना साकार पार्ने सङ्कल्प र उत्साहको वृत्तान्त हो । यो लालसेनाका सैनिकहरूको त्याग र बलिदानसँग जोडिएको राजनीतिक इतिहास हो । राष्ट्रियता, एकता, समानता र आर्थिक विकास चीनका प्रमुख लक्ष्य हुन् । यही अक्टोबर २२ मा चीनले ऐतिहासिक लङ मार्चको ९०औँ वार्षिकोत्सव मनायो […] ...

काठमाण्डुपाटी
बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
ताजा खबरJust now

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स से... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play