अमेरिका र इजरायलले पुनः आक्रमण गरे खाडीका तेल तथा एआई पूर्वाधारमा प्रहार गर्ने इरानको चेतावनी

काठमाडौं/एजेन्सी । अमेरिका र इजरायलले पुनः सैन्य आक्रमण गरेमा फारसी खाडी क्षेत्रका सात वटा देशमा रहेका तेल पूर्वाधार, अन्डरसी केबल, डाटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरूमा प्रहार गर्ने इरानले कडा चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले नयाँ द्वन्द्व भड्किएमा ती रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाइने स्पष्ट पारेका हुन् । इरानका सुरक्षा प्रमुखहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः आक्रमण गरेमा इरानको रणनीतिमा ‘कुनै रेड लाइन’ (शून्य सीमा) हुने छैन । इरानी वार्ताकारका सल्लाहकार मेहदी मोहमदीका अनुसार ट्रम्प र नेतान्याहुले सिद्धान्ततः आक्रमणको सहमति जनाए पनि यसको सफल परिणामको ग्यारेन्टी गर्न सकेका छैनन् । सम्भावित नयाँ द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वको संकटका रूपमा हेरेको र यो युद्ध शत्रुले सोचेभन्दा लामो तथा फराकिलो भौगोलिक क्षेत्रमा फैलिने मोहमदीले बताएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार रेजाईले इरानको अर्थतन्त्रमाथि आक्रमण हुँदा आक्रमणलाई सहयोग पुर्याउने क्षेत्रको आर्थिक संरचना भने सुरक्षित रहन नसक्ने चेतावनी दिएका छन् । अमेरिकी मिडियाका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि इरानमाथि संयुक्त आक्रमण गर्न अमेरिकी सैन्य सल्लाहकारहरूले सम्भावित लक्ष्यहरूको विस्तृत सूची तयार पारिसकेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सोमबार इजरायल पुगेर प्रधानमन्त्री नेतान्याहुसँग सम्भावित आक्रमणको समय र उद्देश्यबारे छलफल गरेका थिए। नेतान्याहुले भने इरानले पहिले आक्रमण गरोस् भन्ने चाहेको रिपोर्टमा उल्लेख छ । नोभेम्बरको सुरुसम्ममा अमेरिकाले मध्यपूर्वमा तीन वटा विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर), हजारौँ म्यारिन, फाइटर जेट र विशेष अपरेसन टोली तैनाथ गर्ने योजना बनाएको छ । यस्तै, दर्जनौँ इजरायली विमानहरू इरानी सीमा नजिक उडेका थिए भने इरानको अराकस्थित एल्युमिनियम कारखानामा ठूलो आगलागी भएपछि तोडफोड वा आन्तरिक हमलाको आशंका गरिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा तेल ओसारपसार गरिरहेका चार वटा व्यावसायिक जहाजमा आक्रमण गरेको र अन्य तीन वटा जहाज माइनमा ठोक्किएर क्षतिग्रस्त भएको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन। नयाँ युद्धको जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल (कच्चा तेल) को मूल्य बढेर प्रतिब्यारेल ११३.४ डलर पुगेको छ । इरानी परराष्ट्र मन्त्रालय निकट अन्तर्राष्ट्रिय कानुनविद् रेशा नासरीले तेस्रो चरणको युद्ध सुरु भएमा यसले क्षेत्रीय विनाश निम्त्याउने चेतावनी दिएका छन् । उनका अनुसार पावर ग्रिड, खानेपानी शुद्धीकरण प्लान्ट, रिफाइनरी र बन्दरगाहहरू ध्वस्त भई करोडौँ मानिस पानी र बिजुलीबाट वञ्चित हुनेछन् भने विश्व अर्थतन्त्र मन्दीमा धकेलिनेछ । यस्तै इरानको फार्स न्युज एजेन्सीका अनुसार उच्च अधिकारीहरूको हत्या वा नागरिकको ज्यान गएमा इरानले सैन्य मात्र नभई राजनीतिक लक्ष्यहरूमा पनि जवाफी हमला गर्ने निर्देशिका जारी गरेको छ । यसैबीच, इरानी, येमेनी र प्यालेस्टिनी संकट समाधानका लागि टर्कीको इस्तानबुलमा तीन युरोपेली देशसहित टर्की, साउदी अरेबिया, पाकिस्तान र इजिप्टका परराष्ट्रमन्त्रीहरूको बैठक बस्दैछ । इरान र पाकिस्तानका मध्यस्थकर्ताहरूले युद्धविरामका लागि प्रयास गरिरहेका छन्, जसमा इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने र फ्रिज गरिएका सम्पत्ति फुकुवा गर्ने शर्तमा हर्मुजको नाकाबन्दी हटाउन र आणविक निरीक्षणको अनुमति दिन इरान तयार रहेको जनाइएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...


