अमेरिकासँगको निर्भरता घटाउन इयूसँग सहकार्य बढाउँदै क्यानडा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन् । तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ । कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताएका छन् । ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी दिएका छन् । क्यानाडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन् । क्यानाडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ ।सन् २०२५ मा क्यानाडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो । प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन् । क्यानाडा र इयुबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ । प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस/एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चलचित्र ‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक (भिडिओ)
काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर छ । संगीत संयोजन गायक योगीले नै गरेका छन् । चलचित्रको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शीर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् ...

अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति सन् २०२९ सम्म धकेलियाे
काठमाडौं। संयुक्त राष्ट्र संघको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित मुलुक (एलडीसी) को श्रेणीबाट स्तरोन्नति (ग्र्याजुएसन) हुनका लागि आवश्यक तयारी अवधि तीन वर्ष थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेको महासभाको बैठकले प्रस्ताव पारित गर्दै नेपालको एलडीसी स्तरोन्नतिका लागि तोकिएको साबिकको समय सीमालाई २४ नोभेम्बर २०२९ सम्म विस्तार गरेको हो। नेपालसँगै बंगलादेशको पनि स्तरोन्नति ...

नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौली बस्ने ६५ वर्षीया रब्बुल देवानको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा... ...

नेपालका थप ६ हिमाललाई मान्यताको पहल
काठमाडौं।नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्। नेपाल पर्वतारोहण संघमार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई ...


