Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, एआईले सहज बनाएको दावी

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, एआईले सहज बनाएको दावी

10/23/2026, 7:09:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, एआईले सहज बनाएको दावी

काठमाडौं- अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो । ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ । संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा पाउन र मानिसहरूलाई आफ्नो नतिजामा विश्वास दिलाउन सक्छन् भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो । अहिले उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ । यो घटना सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले वेजवुडका सर्वेक्षणमाथि अनुसन्धान गर्ने क्रममा बाहिर आएको हो । वेजवुडले सार्वजनिक गरेका नक्कली नतिजाहरूलाई ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत स्थान दिएका थिए । ‘द न्युयोर्क टाइम्स’ का अनुसार वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ वटा सर्वेक्षण आफ्नो सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरेको थियो । ती सबै सर्वेक्षण अहिले हटाइएको छ । नक्कली सर्वेक्षणले चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पारेको आरोप पनि लागेको छ । मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले वेजवुडले जुन महिनाको अन्त्यतिर सार्वजनिक गरेको सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि अभियान प्रभावित भएको बताएकी छन् । उनका अनुसार त्यसपछि चन्दा आउन रोकिएको थियो, स्वयंसेवक निराश भएका थिए र सञ्चारमाध्यमले समेत आफूलाई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएका थिए । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उक्त सर्वेक्षणले आफ्नो अभियान नै ध्वस्त पारेको बताएकी छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नक्कली सर्वेक्षण प्रयोग गरेको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरेका छन् । उनले संस्थाले मनगढन्ते तथ्याङ्कलाई स्थान दिएको आरोप लगाएका छन् । सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले बनाइएका नक्कली सर्वेक्षणको सङ्ख्या बढिरहेको बताएका छन् । उनले सञ्चारमाध्यमलाई यस्ता गतिविधिलाई बढावा नदिन आग्रह गरेका छन् । यसअघि अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ नामक अर्को संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो । त्यस्तै फिफ्टीप्लसवनले अनुसन्धानपछि ‘सोकेल स्ट्र्याटेजीज’ नामक अर्को संस्थासँग तथ्याङ्क सङ्कलनको काम बन्द गर्ने जनाएको छ । विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका कारण नक्कली सर्वेक्षण तयार पार्न र तिनलाई वास्तविक जस्तै देखाउन सजिलो भएको बताएका छन् । अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि बनावटी तथ्याङ्क र संस्थागत विवरण पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ । संस्थाकी अध्यक्ष मेरी लोशले यस्ता जालसाजीले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिएकी छन् । यद्यपि उनले नक्कली सर्वेक्षणका घटनालाई वैध चुनावी सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिएकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
ताजा खबरJust now

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व

२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

कान्तिपुर
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
ताजा खबरJust now

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

नेपालन्युज
पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
ताजा खबरJust now

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play