अमिताभ बच्चनको बंगला बमले उडाइदिने धम्की

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना बनाइने उल्लेख गरिएको छ। यो हमला १९८४ को अपरेसन ब्लु स्टारको बदला लिने उद्देश्यले हुने बताइएको छ। सोही इमेलमा गायक दिलजित दोसाँझलाई पनि आत्मघाती हमलामा ज्यान मार्ने धम्की दिइएको छ। यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। आइतबार मुम्बईमा अभिनेता टाइगर श्राफ सवार कारमा गोली हानिएको पाँच दिनपछि यो इमेल आएको हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...


