Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १४औँ ओभरमै पूरा गर्‍यो । अभिषेक र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि गरेको आक्रामक सुरुवातले भारतलाई लक्ष्यसम्म पुग्न सहज बनाएको हो । भारतले सुरुवाती ६ ओभर अर्थात् पावरप्लेमा कुनै विकेट नगुमाई ११८ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पावरप्लेमा बनेको यो कीर्तिमानी योगफल हो । वेलिङ्टनमा भएको खेलमा अभिषेकले ३८ बलमा अविजित ११३ रन बनाउनुभयो । उहाँको इनिङ्समा ११ छक्का र नौ चौका समावेश थिए । उहाँलाई युवा ब्याटर वैभव सूर्यवंशीले पनि उत्तिकै आक्रामक साथ दिनुभयो । वैभवले १९ बलमा ४५ रन बनाउनुभयो । भारतले पाँच ओभरमै १०० रन पूरा गरेको थियो । यससँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० रन बनाउने टोलीको कीर्तिमान भारतको नाममा आएको छ । यसअघि रोमानियाले सन् २०२१ मा सर्बियाविरुद्ध ५.२ ओभरमा १०० रन पूरा गरेको थियो । त्यस्तै, भारतले २.२ ओभरमै ५० रन पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमानको बराबरी पनि गरेको छ । यसअघि पपुवा न्युगिनी र रोमानियाले पनि समान बलमा ५० रन पूरा गरेका थिए । अभिषेकले आइसिसीका पूर्ण सदस्य राष्ट्रका ब्याटरमध्ये टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानसमेत आफ्नो नाममा राख्नुभएको छ । यसअघि उहाँले अफगानिस्तानविरुद्ध ३० बलमै शतक पूरा गर्नुभएको थियो । अभिषेकले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने क्रममा पनि विश्व कीर्तिमान बनाउनुभयो । उहाँले केवल एक हजार २४ बल खेलेर दुई हजार रनको आँकडा पार गर्नुभएको हो । यसअघि यो कीर्तिमान भारतीय ब्याटर सूर्यकुमार यादवको नाममा थियो । सूर्यकुमारले दुई हजार टी-२० अन्तर्राष्ट्रिय रन पूरा गर्न एक हजार १६४ बल खेल्नुभएको थियो । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९८ रन बनाएको थियो । न्युजिल्याण्डका ड्यारिल मिचेलले सर्वाधिक ८९ रन बनाउनुभयो । न्युजिल्याण्डले प्रतिस्पर्धात्मक योगफल बनाए पनि भारतीय ब्याटरको आक्रामक प्रदर्शनका अगाडि त्यो पर्याप्त भएन । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सुनिता डंगोलसँग कुराकानी : कान्सले वर्षभरि इभेन्ट गरेरै अर्थतन्त्र चलाउँदो रहेछ, हामी किन सक्दैनौँ
ताजा खबरJust now

सुनिता डंगोलसँग कुराकानी : कान्सले वर्षभरि इभेन्ट गरेरै अर्थतन्त्र चलाउँदो रहेछ, हामी किन सक्दैनौँ

काठमाडौँ महानगरपालिकाले पहिलो पटक ‘काठमाडौँ फिल्म फेस्टिभल’ गर्दैछ। काठमाडौँका विभिन्न स्थानमा कात्तिक १३, १४ र १५ गते फिल्म प्रदर्शन हुनेछन्। जहाँ दर्शकहरूले नि:शुल्क फिल्म र अन्तर्क्रिया कार्यक्रम हेर्न पाउनेछन्। महानगरले फिल्म मनोरञ्जनको साधन मात्र नभई सहरको संस्कृति, पर्यटन र समग्र अर्थतन्त्रलाई जोड्ने बलियो माध्यमका रूपमा यस फेस्टिभललाई लिएको जनाएको छ। जहाँ... ...

नेपालखबर
स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो
ताजा खबरJust now

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो ...

केन्द्रबिन्दु
बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)
ताजा खबरJust now

बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)

गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठुलो क्षति पुर्‍याएको छ। बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य... ...

रातोपाटी
कोशी ब्यारेजबाट हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार
ताजा खबरJust now

कोशी ब्यारेजबाट हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार

राजविराज समाचारदाता राजविराज, कात्तिक १२ गते । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई जनाको भारतीय नागरिकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।जि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play