स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन् । रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ । उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए । दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो । ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो । कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन् । रेल पूर्वाधार व्यवस्थापन निकायले दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच दुवैतर्फ सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको जनाएको छ । प्रधानमन्त्री पेद्रो सान्चेज र स्वास्थ्यमन्त्री मोनिका गार्सियाले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धार तथा आपत्कालीन सेवाका टोली प्रभावितको उद्धार र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरेर घटनास्थलमा खटिएको पनि उल्लेख गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितसँग ऐक्यबद्धता व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मनास्लुको स्याउ गोदाममै थन्कियो
गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप... ...

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो
मेची। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ९.५ किलोमिटर सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक ...

उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह
प्रशासनले लामो दूरीको यात्रा नगर्न, राति यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न र जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन आग्रह गरेको छ। ...

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने (सूचनासहित)
काठमाण्डु – नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा सुरुङ […] ...


