अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते

<p>हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए।</p> <p>घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ। भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ।</p> <p>घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्।</p>
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले ...

ग्याङस्टारको कथा बेच्ने बलिउडलाई ग्याङस्टारबाटै खतरा
बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कतिपय बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेको छ भने कतिपय सेलिब्रेटीको अन्डरवर्ल्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवर्ल्डबीच कडा दुश्मनी रहेको बताइन्छ भने अर्कोतिर कतिपय सिनेमामा अन्डरवर्ल्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ । त्यसो त, बलिउडले धेरै पटक अन्डरवर्ल्डको कथालाई… ...

राजदूत नियुक्ति प्रकरण : गैरआवासीय नेपालीप्रति रास्वपाको दृष्टिकोण के हो ?
रास्वपाले गैरआवासीय नेपालीका मुद्दालाई आफ्नो घोषणापत्रमा समेटेको छ भने अब त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने जिम्मेवारी पनि उसकै हो। घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको स्पष्ट खाका, समयसीमा र मापनयोग्य उपलब्धिमार्फत प्रमाणित हुनुपर्छ। ...

दशैंको रमाइलोमा स्वास्थ्य नबिर्सनुस्, यस्ता छन् चिकित्सकका सुझाव
दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् । चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चाडपर्वमा मानिसको खानपान र दिनचर्या सामान्य दिनको तुलनामा फरक हुने भए पनि ...


