Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि फोटो, भिडियो, लिंक तथा कागजातहरू सजिलै खोज्न सकिने नयाँ फिचर ल्याउने तयारी गरेको छ। ‘मिडिया हब नाम दिइएको यो फिचर गत वर्ष म्याक र वेब भर्जनमा प्रस्तुत गरिएको थियो। अब ह्वाट्सएपको आईओएसको पछिल्लो बिटा संस्करण २६.४२.१०.७४ मा देखिएको छ। जीएसएमएरेनालाई बी९२ ले यसबारे जानकारी दिएको हो। यो फिचर एपको सेटिङ्समार्फत प्रयोग गर्न सकिनेछ। यसले विभिन्न कुराकानीमा प्राप्त भएका मिडिया सामग्रीलाई एउटै स्थानमा देखाउनेछ। प्रयोगकर्ता आफैँले पठाएका फोटो, भिडियो तथा अन्य सामग्री र निश्चित समयपछि आफैँ हराउने सन्देश तथा सामग्री भने यसमा समावेश हुने छैनन्। मिडिया हबमा दुईवटा सेक्सन हुनेछन्। न्यु सेक्सनमा हालै प्राप्त भएका सामग्री देखिनेछन् भने अल मिडिया सेक्सन उपलब्ध सबै सामग्री एकै ठाउँमा हेर्न सकिनेछ। प्रयोगकर्ताले फोटो भिडियो र लिंकलाई छुट्टाछुट्टै वर्गीकरण गरेर खोज्न सक्नेछन्। सामग्रीलाई सूची वा ग्रिडको रूपमा हेर्न र आफूलाई मन परेका सामग्रीलाई हाइलाइट गर्न पनि सकिनेछ। प्रत्येकमा फर्वार्ड गर्ने, प्रतिक्रिया जनाउने, स्टार मार्क गर्ने तथा उक्त सामग्री प्राप्त भएको मूल कुराकानीमा सिधै पुग्ने सुविधासमेत उपलब्ध हुनेछ। यस फिचरको सबैभन्दा उपयोगी पक्षमध्ये खोज सुविधा हुने अपेक्षा गरिएको छ। यसमार्फत फोटो तथा भिडियोको विवरण र लिंकका आधारमा सामग्री खोज्न सकिनेछ। यसले कुनै सामग्री कहिले प्राप्त भएको थियो भन्ने कुरा याद नभए पनि त्यसलाई सजिलै फेला पार्न मद्दत गर्नेछ। टेलिग्राफका अनुसार, हाल मिडिया हब विकासकै क्रममा रहेको छ र बिटा संस्करणका परीक्षकका लागि समेत उपलब्ध भइसकेको छैन। आगामी अपडेटमध्ये कुनै एकमा सीमित प्रयोगकर्तामाझ यसको परीक्षण सुरु गर्ने ह्वाट्सएपको तयारी छ। The post अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित
प्रविधिJust now

शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित

शुक्रबार ‘नास्डाक’ करिब तीन महिनायताकै न्यून विन्दुमा झरेको छ। अमेजनको कृत्रिम बुद्धिमत्ता सम्बन्धी आक्रामक लगानी योजना र इन्टेलको नगद खर्चसम्बन्धी चेतावनीले, एआई पूर्वाधार निर्माणको बढ्दो लागत र लगानीबाट प्रतिफल प्राप्त हुने समयसीमालाई लिएर चिन्ता बढाएपछि यस्तो गिरावट आएको हो। प्रविधि कम्पनीहरुको बाहुल्य रहेको नास्डाकमा २.९ प्रतिशतको गिरावट आयो, जबकि ब्लु-चिप डाउ ४४२ अंक वा ०.८ प्रतिशतले घट्यो। एस एन्ड पी ५०० ...

टेक्नोलोजी खबर
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
प्रविधिJust now

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका ...

टेक्नोलोजी खबर
समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति
प्रविधिJust now

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ। नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले विज्ञप्ति जारी गर्दै निन्दा र खेद व्यक्त गरेको छ। “मैनालीलाई लिन आएको प्रहरी ५ ...

टेक्नोलोजी खबर
समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
प्रविधिJust now

समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिलले शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play