समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ। नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले विज्ञप्ति जारी गर्दै निन्दा र खेद व्यक्त गरेको छ। “मैनालीलाई लिन आएको प्रहरी ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा रहे पनि महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि पछि हटेको थियो । धरपकड गरिएका पत्रकारलाई पनि शुक्रबार साँझनै छोडिएको छ। दियो पोष्टका पत्रकार सुदिप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको छ,” महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचारको विययमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोभनीय विषय होइन । यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छ।” महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गरेको छ। The post समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई
१४ कात्तिक, काठमाडौं। एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर […] The post एनएमबि बैंकको ...

नागढुङ्गा सुरुङमार्गमा नगद भुक्तानी हटाउने तयारी, आरएफआईडी कार्ड अनिवार्य गर्न सुझाव
काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा आगामी तीनदेखि छ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिइएको छ ।पूर्वाधार विकास समितिले नगद भुक्तानीका कारण टोल संकलनमा ढिलाइ हुने र सवारीसाधनको लामो लाइन लाग्न सक्ने भन्दै विद्युतीय भुक्तानी प्रणालीलाई अनिवार्य बनाउन सुझाव दिएको हो ।सुरुङमार्गको स्थलगत अवलोकनपछि समितिका सभापति आशिष गजुरेलले सडक विभाग र सडक बोर्ड नेपाललाई ...

नेपाली आईटी कम्पनीलाई कर र नीतिमा सहजता दिने प्रधानमन्त्रीको घोषणा, ग्लोबल युनिकर्न बनाउने लक्ष्य
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले नेपालको आईटी उत्पादनको प्रोत्साहनका लागि सहजता अपनाउने नीति रहेको बताएका छन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत् नेपालका विभिन्न आईटी उत्पादनहरुले विश्वभर नै बजार लिइरहेको अवस्थामा सरकारले पनि त्यसका लागि प्रोत्साहन गर्ने जनाउँदै विभिन्न आईटी उत्पादकहरुसँग छलफल गरेको जनाएका छन् ।प्रधानमन्त्री बालेनले नेपालमा बनेका विश्वचर्चित लुडो (करिब २० करोड डाउनलोड) र कल ब्रेक (१५ करोडभन्दा ...

आउडीले चीनमा व्यवसाय विभाजनको घोषणा गर्यो: एफएडब्लुले ‘४ रिङ’ मा र एसएआईसीले ‘आउडी’ मा ध्यान केन्द्रित गर्ने
आउडीले आफ्ना २ चिनियाँ साझेदारहरू बीच जिम्मेवारीहरूको नयाँ विभाजनको अनावरण गरेको छ, जसमा एफएडब्लु आउडीले ‘फोर-रिङ’ ब्रान्डमा ध्यान केन्द्रित गरेको छ र एसएआईसी आउडीले आउडी (AUDI) लेटर-लोगो ब्रान्डमा ध्यान केन्द्रित गरेको छ, जसले पुनर्संरचनाको बारेमा महिनौंको रिपोर्टलाई आधिकारिक रूपमा पुष्टि गर्दछ। कम्पनीले ब्रान्ड स्थिति, रणनीतिक प्राथमिकताहरू र बिक्री च्यानल संरचनाहरू स्पष्ट गर्न आफ्ना साझेदारहरूसँग छुट्टाछुट्टै रणनीतिक सम्झौताहरूमा हस्ताक्षर गरेको आउडी चाइनाले ...


