Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिलले शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको प्रेस काउन्सिलको ठहर छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्ति जारी गर्दै भनेको छ।“सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो। समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “काउन्सिल नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गर्दछ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दछ।” The post समाचार कक्षबाटै सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
प्रविधिJust now

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका ...

टेक्नोलोजी खबर
समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति
प्रविधिJust now

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ। नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले विज्ञप्ति जारी गर्दै निन्दा र खेद व्यक्त गरेको छ। “मैनालीलाई लिन आएको प्रहरी ५ ...

टेक्नोलोजी खबर
अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने
प्रविधिJust now

अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि फोटो, भिडियो, लिंक तथा कागजातहरू सजिलै खोज्न सकिने नयाँ फिचर ल्याउने तयारी गरेको छ। ‘मिडिया हब नाम दिइएको यो फिचर गत वर्ष म्याक र वेब भर्जनमा प्रस्तुत गरिएको थियो। अब ह्वाट्सएपको आईओएसको पछिल्लो बिटा संस्करण २६.४२.१०.७४ मा देखिएको छ। जीएसएमएरेनालाई बी९२ ले यसबारे जानकारी दिएको हो। यो फिचर एपको सेटिङ्समार्फत प्रयोग गर्न सकिनेछ। यसले विभिन्न कुराकानीमा प्राप्त ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play