काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। रोमाञ्चक प्रतिस्पर्धामा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमै सीमित भयो। जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। विशाल सुशलिङले ४३ र जेम्स नीशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरको जितमा आन्द्रे रसेलले घातक बलिङ गर्दै ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ विकेट हात पारे। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। अन्ततः विराटनगरले त्यही स्कोरको रक्षा गर्दै रोमाञ्चक जित दर्ता गर्यो।
अन्तिम ओभरमा सम्हालियो विराटनगर, जनकपुर २ रनले पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






