Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने स्पेसएक्सको योजनालाई अमेरिकी नियामकको सशर्त अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने स्पेसएक्सको योजनालाई अमेरिकी नियामकको सशर्त अनुमति
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी सञ्चार नियामक निकाय फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा एआई डाटा सेन्टर सञ्चालन गर्न १० लाखसम्म भूउपग्रह प्रक्षेपण गर्ने योजनामा सर्तसहित अनुमति दिएको छ। बुधबार दिइएको यो अनुमतिले अन्तरिक्षमै एआई डाटा सेन्टर स्थापना गर्ने स्पेसएक्सको योजनालाई अघि बढाउने बाटो खोलेको छ। तर अमेजन, भियास्याट र अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले उक्त योजनाप्रति आपत्ति जनाएका थिए। उनीहरूले अन्तरिक्षमा फोहोर बढ्ने, भूउपग्रहको भीडभाड हुने, रेडियो फ्रिक्वेन्सीमा अवरोध पुग्ने र वातावरणमा नकारात्मक असर पर्ने जोखिम औँल्याएका थिए। स्पेसएक्सको स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने सेवा निर्माण गरिरहेको अमेजनले आफ्नो उजुरीमा स्पेसएक्सको आवेदनमा आधारभूत विवरणसमेत नभएको भन्दै त्यसलाई वास्तविक योजनाभन्दा ठूलो महत्त्वाकांक्षा मात्र भएको टिप्पणी गरेको थियो। यद्यपि, अमेजनले उक्त प्रस्तावले गम्भीर क्षति पुर्‍याउन सक्ने जोखिम रहेको पनि जनाएको थियो। एफसीसीले विरोध गर्ने पक्षले उठाएका केही प्रमुख प्रश्नलाई आफ्नो नियामक अधिकार क्षेत्रभित्र नपर्ने भन्दै खारेज गरेको छ। यसमा वैज्ञानिक अनुसन्धानमा पर्न सक्ने सम्भावित असरसम्बन्धी चिन्ता पनि समावेश छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यो निर्णयले अमेरिकाको प्रविधिगत नेतृत्व र आर्थिक विकासका लागि आवश्यक कम्प्युटिङ पूर्वाधार निर्माणमा नयाँ सम्भावना खोल्ने बताएका छन्। मस्कले पनि सामाजिक सञ्जाल एक्समार्फत कारलाई धन्यवाद दिँदै यो योजना अमेरिका र विश्वका लागि ठूलो उपलब्धि हुने बताएका छन्। तर प्रारम्भिक अनुमति पाउँदैमा अन्तरिक्षमा डाटा सेन्टर तत्कालै सञ्चालनमा आउने भने होइन। स्पेसएक्सले यसका लागि धेरै प्राविधिक र आर्थिक चुनौती पार गर्नुपर्नेछ। विशेषगरी भूउपग्रह निर्माण र प्रक्षेपणको लागत ठूलो मात्रामा घटाउने, अन्तरिक्षमा कम्प्युटरका प्रोसेसर चिसो राख्ने र अन्तरिक्षमा पठाइने चिप खरिदका लागि आवश्यक लगानी जुटाउने चुनौती कम्पनीसामु छन्। यसका अतिरिक्त स्पेसएक्सले अन्य नियामकीय प्रक्रिया पनि पूरा गर्नुपर्नेछ। उदाहरणका लागि, ६०० किलोमिटरभन्दा माथि सञ्चालन हुने भूउपग्रहबाट उत्पन्न हुन सक्ने अन्तरिक्ष फोहोर व्यवस्थापन गर्ने कम्पनीको योजना एफसीसीले अझै स्वीकृत गरेको छैन। हालको एफसीसी नियमअनुसार २ हजार किलोमिटरभन्दा कम उचाइमा रहेका भूउपग्रहले आफ्नो मिसन समाप्त भएको पाँच वर्षभित्र पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नुपर्ने व्यवस्था छ। तर स्पेसएक्सले आफ्नो मिसन पूरा गरेका केही भूउपग्रहलाई पृथ्वीको अन्य कक्ष वा सूर्यको परिक्रमामा समेत पठाउन सकिने भन्दै उक्त नियमबाट छुट दिन माग गरेको छ। स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिइएका भूउपग्रहलाई पृथ्वीबाट ५०० देखि १ हजार २ किलोमिटर उचाइमा राख्ने योजना बनाएको छ। एफसीसीको अनुमतिले ती भूउपग्रहको मुख्य सञ्चार प्रणालीमा समस्या आएमा पृथ्वीबाट रेडियो फ्रिक्वेन्सी प्रयोग गरेर सम्पर्क कायम राख्न र नियन्त्रण गर्न स्पेसएक्सलाई अधिकार दिएको छ। यी भूउपग्रहले मुख्य रूपमा लेजर प्रविधिमार्फत एकअर्कासँग तथा स्पेसएक्सकै स्टारलिंक भूउपग्रहसँग सञ्चार गर्नेछन्। एफसीसीले स्पेसएक्सलाई यो योजना कार्यान्वयन गर्न सात वर्षभित्र पहिलो सञ्चालनयोग्य भूउपग्रह अन्तरिक्षमा पठाउन र १४ वर्षभित्र सबै भूउपग्रह प्रक्षेपण गरिसक्न समय दिएको छ। The post अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने स्पेसएक्सको योजनालाई अमेरिकी नियामकको सशर्त अनुमति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक | मूल्य र विशेषता
TechnologyJust now

नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक | मूल्य र विशेषता

११ मंसिर, काठमाडौं। नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ। रु. ५,६४,९०० मूल्य तोकिएको यस रेट्रो-मोडर्न मोटरसाइकलमा VVA इन्जिन, Delta Box Frame, ६-स्पिड ट्रान्समिसन र Traction […] The post नेपाल–जापान फेस्टिभल ...

आइसिटी फ्रेम
टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर
TechnologyJust now

टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर

११ मंसिर, काठमाडौं। टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन, चितवनमा आफ्नो उपस्थिति थप विस्तार नेपालमा Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले चितवनको रत्ननगर, टाँडीमा आफ्नो १७औँ Ather Experience Center उद्घाटन गरेको छ। Dynamic Energy Pvt. Ltd. द्वारा सञ्चालित यस केन्द्रमा Ather 450 र Ather Rizta को Test Ride लिनुका साथै […] The post टाँडी, रत्ननगरमा ...

आइसिटी फ्रेम
कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात
TechnologyJust now

कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात

चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना कार्तिक मसान्तसम्म नेपालमा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ। यो अवधिमा १५ करोड ९७ लाख १९ हजार मूल्य बराबरको ३८ हजार १३५ थान स्मार्टवाच आयात भएको छ। कार्तिक मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ...

टेक्नोलोजी खबर
बेलायतको अटोमोटिभ लगानीमा तीन किसिमका जोखिम भएको अटो उत्पादक तथा व्यवसायीहरुको चेतावनी
TechnologyJust now

बेलायतको अटोमोटिभ लगानीमा तीन किसिमका जोखिम भएको अटो उत्पादक तथा व्यवसायीहरुको चेतावनी

बेलायतको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) ले बुधबार बेलायतले अटोमोटिभ लगानी गुमाउने जोखिम रहेको चेतावनी दिएको छ। संस्थाले तीन प्रमुख चुनौतीहरूको सामना गरिरहेको बताएको छ, जसमा विद्युतीय सवारी साधन अपनाउने अवास्तविक लक्ष्यहरू, युरोपेली संघसँग व्यापार गर्न सम्भावित अवरोधहरू, र अत्यधिक उच्च औद्योगिक लागतहरू समावेश छन्। एसएमएमटीले यी अवास्तविक ईभी लक्ष्यहरू पूरा गर्न सम्बन्धित लागतहरूले बेलायतको अटोमोटिभ क्षेत्रको भविष्यमा लगानी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement