Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो । सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्‍कली रहेको उजुरी उनीविरुद्ध परेको थियो । उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ । सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । The post अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन
Latest NewsJust now

त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिएका छन्।बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिएका छन् । कार्यकर्तालाई आतङ्कित ...

टक्सार
मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक १८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा ने... ...

गोरखापत्र
बाघको आक्रमणबाट महतोको मृत्यु
Latest NewsJust now

बाघको आक्रमणबाट महतोको मृत्यु

चितवन।बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए। सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो। महतोसँगै गएका साथीले इलाका ...

नेपालन्युज
सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच
Latest NewsJust now

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

सेयरबजारमा सामान्य वृद्धि देखिएको छ।  बजार परिसूचक नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो।  यस दिन ७ अर्ब ४३ करोडको कारोबार भएको छ। २ करोड १२ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको  नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  यस दिन ९८ वटा सेयर बढ्दा १७१ वटा घटेका र ९ वटा स्थिर छन्।  बुधबार नेपाल पुनर्बीमा कम्पनीको... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play