अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउने गरेका छन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन् । दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ । दीपकजस्तै अमरगढी– ७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन् । विगत ६ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका थिए । हाल यसैलाई मुख्य पेसा बनाएका छन् । शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए । आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ । यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन् । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन् । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन् । उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिएका छन् । यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पु¥याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढ्यो
धनुषा।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएका छन्। आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन्। “ट्रमा सेन्टर बन्छ ...

ज्यामरुककोटको पुरानो खुडामा कुँदिएका आठ नाम, के होला यसको रहस्य?
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा ऐतिहासिक ज्यामरुककोट अवस्थित छ । यहीँ खड्गभवानीको कोत पनि छ । यस कोतको इतिहास तत्कालीन पर्वत राज्यसँग जोडिएको छ । यहाँ राजा भर्तिबम मल्लसँग सम्बन्धित अनेकौँ कथा सुनिन्छन् । कोतमा पुराना हतियारहरू पनि छन् । तीमध्ये एउटा खुडाले विशेष ध्यान आकर्षित गर्छ । यो खुडा वि.सं. २००३ मा चढाइएको खुँडामा अंकित मितिले स्पष्ट हुन्छ ...

रुघाखोकीका बिरामी बढे
हुम्ला समाचारदाताहुम्ला कात्तिक ८ गते । जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ... ...

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक चुनावमा यो पार्टी निरन्तर कमजोर देखिएको... ...


