Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

वासिङ्टन । जर्मन कार निर्माता कम्पनी अडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए । उनले जर्जियाको मेकोन सहरनजिकै अडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताए । यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको अडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ । कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ । फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेषगरी फोक्सवागन, अडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ । लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल टी–२० लिगको तयारी अन्तिम चरणमा, खेलाडीबारे समाचार पुष्टि गरेर मात्र प्रकाशन गर्न क्यानको आग्रह
ताजा खबरJust now

नेपाल टी–२० लिगको तयारी अन्तिम चरणमा, खेलाडीबारे समाचार पुष्टि गरेर मात्र प्रकाशन गर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल टी–२० लिग’ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुनुअघि आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिताको ९५ देखि ९९ प्रतिशतसम्म तयारी पूरा भएको जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम ...

हिमालय टाइम्स
सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीन जनाको मृत्यु
ताजा खबरJust now

सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीन जनाको मृत्यु

काठमाडौं । सप्तकोशी नदीमा भोजपुरबाट चतरातर्फ आउँदै गरेको यात्रुबाहक जेटबोट दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोसीको सङ्गमस्थल त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन अचानक फेल भएको थियो। इन्जिन फेल भएपछि जेटबोट अनियन्त्रित भई नदीमा बग्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरूको ...

केन्द्रबिन्दु
सप्तकोशीमा डुंगा पल्टिँदा तीनको मृत्यु, दुई जना सम्पर्कविहीन
ताजा खबरJust now

सप्तकोशीमा डुंगा पल्टिँदा तीनको मृत्यु, दुई जना सम्पर्कविहीन

विराटनगर।अरुण र दूधकोशी नदीको संगमस्थलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्। दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार इन्जिन बन्द भएपछि अनियन्त्रित भई बगिरहेको डुंगा संगमस्थलमा पुगेपछि पल्टिएको हो। दुर्घटना हुँदा डुंगामा १६ जना सवार थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार उद्धार गरिएका १० जनामध्ये तीन जनाको ...

नेपालन्युज
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
ताजा खबरJust now

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् । बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्र्स हलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play