‘अटो रिक्सा’ सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज

राँझा (बाँके) । बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका राप्ती सोनारी र नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको नरैनापुर–५ जमुनीगाउँकी निवासी टीका बुढाथोकीले बताइन् । उनका अनुसार, साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरेपनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटो रिक्सा स्थानीयवासीको यात्राको सारथी बनेको छ । सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा भए पनि बस कुरेर बस्नुपर्ने बाध्यता हटेको छ । हिजोआज रिक्सा चढेर एक घण्टामै नेपालगञ्ज आउन सकिने नरैनापुर–६ निवासी सोहनलाल यादवले बताए । “रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ । सजिलोसँगै गन्तव्यमा पुग्न सकिन्छ”, यादवले भने, “नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुगेको छ ।” नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटो रिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटो रिक्साले ठूलो सुविधा मिलेको छ । अटो रिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुपर्ने यात्रा १५/२० मिनेटमा पुगिने गरेको राप्ती सोनारी –५ स्थित भुवर भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए । उनले नेपालगञ्जको सल्यानीबागबाट राप्ती सोनारीको फत्तेपुर हुँदै अगैयासम्म पुग्ने अटो रिक्साले स्थानीयवासिन्दा तथा कामकाजी कर्मचारीलाई धेरै सहज भएको बताए । अटो रिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकीर अलीले बताए । चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको अलीको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कर्णालीका आठ पालिकामा अझै पुगेन सडक
डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक स्थानीय तहका केन्द्र राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन् । ...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
• वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। • रदरफोर्डले टी–२० क्रिकेटमा ५ हजार ९० रन बनाएका छन् र उनले विभिन्न फ्रेन्चाइज क्रिकेटमा अनुभव प्राप्त गरेका छन्। • सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं ...


