Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार
Photo / Coverage: टेक्नोलोजी खबर

चिनियाँ प्रविधि कम्पनी शाओमीले सन् २०२६ को अक्टोबरमा ५० हजारभन्दा बढी विद्युतीय कार डेलिभर गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यो चालु वर्षकै सबैभन्दा धेरै मासिक डेलिभरी हो। कम्पनीले उत्पादन क्षमता विस्तार गर्दै वार्षिक लक्ष्य पूरा गर्ने प्रयास गरिरहेका बेला अक्टोबरको डेलिभरीमा वृद्धि भएको हो। अगस्टमा ३० हजार र सेप्टेम्बरमा ४० हजारभन्दा बढी कार डेलिभर गरेको शाओमीले अक्टोबरमा ५० हजारको आँकडा पार गरेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०२६ को पहिलो १० महिनामा कम्पनीले करिब ३ लाख ३६ हजार विद्युतीय कार डेलिभर गरेको छ। यो कम्पनीले वर्षभरिका लागि तय गरेको ५ लाख ५० हजार कार डेलिभरीको लक्ष्यको करिब ६१ प्रतिशत हो। अक्टोबरको डेलिभरी अघिल्लो महिनाको तुलनामा कम्तीमा २५ प्रतिशतले बढी हो। सेप्टेम्बरमा कम्पनीले ४० हजार १५ वटा कार डेलिभर गरेको थियो। अक्टोबर २०२५ मा भने ४८ हजार ६५४ वटा कार डेलिभर भएका थिए। यस आधारमा अक्टोबर २०२६ को डेलिभरी गत वर्षको सोही महिनाको तुलनामा पनि बढी देखिएको छ। तर कम्पनीका लागि वार्षिक लक्ष्य पूरा गर्न अझै ठूलो चुनौती देखिएको छ। पहिलो १० महिनामा भएको डेलिभरीलाई आधार मान्दा बाँकी दुई महिनामा करिब २ लाख १४ हजार कार डेलिभर गर्नुपर्ने हुन्छ। त्यसका लागि नोभेम्बर र डिसेम्बरमा औसत मासिक १ लाख ७ हजार कार डेलिभर गर्नुपर्नेछ। स्मार्टफोन र अन्य उपभोक्ता विद्युतीय सामग्री उत्पादनका लागि परिचित शाओमीले सन् २०२४ मा विद्युतीय कार बजारमा प्रवेश गरेको थियो। कम्पनीले एसयू७ सेडान र वाईयू७ एसयूभीमार्फत चीनको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। The post अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय
TechnologyJust now

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त ...

टेक्नोलोजी खबर
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
TechnologyJust now

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

१७ कात्तिक, काठमाडौं। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू : अर्थ मन्त्रालय : – एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने। – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी […] The post यी ...

आइसिटी फ्रेम
मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम
TechnologyJust now

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम

१७ कात्तिक, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालासँग भएको छलफलमा मन्त्री गौतमले अदालतमा पुगेका विवादको निरुपणमा लामो समय […] The post मेलमिलाप ...

आइसिटी फ्रेम
सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट
TechnologyJust now

सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उनले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानीलाई केन्द्रित गर्नुपर्ने बताए । उनले विगतमा […] The post सार्वजनिक ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play