Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय
Photo / Coverage: टेक्नोलोजी खबर

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ। कम्पनीका अनुसार पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नगरकोटमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ। यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ। यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्नेछ। नगरकोट नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा थप विकसित हुँदै गर्दा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकास पनि उत्तिकै आवश्यक देखिन्छ। यसै सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले नगरकोटका पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल रूपमा थप सक्षम बनाउन र स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको छ। The post नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सम्पन्न
TechnologyJust now

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सम्पन्न

काठमाडौं । बजाज पल्सरको युवा केन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ ।कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।मौसम र कार्यक्रम स्थलसम्मको पहुँचमा केही चुनौती रहेपनि दर्शकको उल्लेखनीय उपस्थितिले ...

आइसिटी समाचार
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
TechnologyJust now

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

१७ कात्तिक, काठमाडौं। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू : अर्थ मन्त्रालय : – एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने। – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी […] The post यी ...

आइसिटी फ्रेम
मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम
TechnologyJust now

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम

१७ कात्तिक, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालासँग भएको छलफलमा मन्त्री गौतमले अदालतमा पुगेका विवादको निरुपणमा लामो समय […] The post मेलमिलाप ...

आइसिटी फ्रेम
सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट
TechnologyJust now

सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उनले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानीलाई केन्द्रित गर्नुपर्ने बताए । उनले विगतमा […] The post सार्वजनिक ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play