Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

८ हजार प्रतिनिधिसहित देउवा समूहको महाधिवेशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
८ हजार प्रतिनिधिसहित देउवा समूहको महाधिवेशन
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन २२ असोजमै सम्पन्न भइसकेको छ। सभापतिमा गगन थापा निर्वाचित भएका छन् भने नयाँ केन्द्रीय कार्यसमितिले पार्टीको नेतृत्व सम्हालिसकेको छ । तर, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने पक्षमा देखिएका छैनन्। बरु उनी आफ्नै नेतृत्वमा अर्को महाधिवेशन गर्ने तयारीमा जुटेका छन्। गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला देउवा समूहले समानान्तर संगठन निर्माणलाई तीव्रता दिएको छ। वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्दै यो समूह अहिले प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति बनाएर अघि बढेको यो समूहले चाडपर्व सकिएलगत्तै संगठनात्मक गतिविधि तीव्र पारेको हो। देउवा समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराउने उसको दाबी छ। महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने तयारी छ। त्यसका लागि आवश्यक व्यवस्थापकीय कामसमेत अघि बढाइएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति बनाएर अघि बढेको यो समूहले चाडपर्व सकिएलगत्तै संगठनात्मक गतिविधि तीव्र पारेको हो। महाधिवेशनको दैनिक व्यवस्थापन र समन्वयमा शशांक सक्रिय छन् भने समग्र राजनीतिक नेतृत्व पूर्वसभापति देउवाले गरिरहेका छन्। काँग्रेस संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेला। तस्बिर: नेपाल फोटो लाइब्रेरी सचिवालय समिति संयोजक दीपक कुइँकेलका अनुसार देउवा समूहले ५० जिल्लामा अधिवेशन गरिसकेको । सबै वडा र पालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । जिल्ला अधिवेशन सक्दै यो समूह प्रदेश अधिवेशनतर्फ अग्रसर भएको छ। “५० वटा जिल्लामा अधिवेशन सकिएको छ, ४ मंसिरभित्र बाँकी रहेका सबै जिल्लामा अधिवेशन सक्छौँ,” उनी भन्छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै बेला विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले नियमित १५औँ महाधिवेशन गराएका थिए। जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशन सुरु हुने कुइँकेल बताउँछन्। देउवा समूहले ५ गते गण्डकी, ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम र १७ गते कोशी प्रदेशमा अधिवेशन गर्ने तयारी गरेको छ। बागमती प्रदेशको अधिवेशन भने १८ र १९ गतेभित्र सक्ने तयारी रहेको कुइँकेलले बता । युवापुस्तालाई समेट्दै ८ हजार प्रतिनिधि अदालतमा मुद्दा विचाराधीन रहेकै बेला विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले १८ असोजमा नियमित १५औँ महाधिवेशन गराएका थिए। महाधिवेशनको मिति सार्न गरिएको आग्रह बेवास्ता गर्दै थापा अघि बढेपछि देउवा समूह छुट्टै महाधिवेशन गर्ने तयारीमा लागेको थियो। थापा समूहले आठ हजारको हाराहारीमा प्रतिनिधि सहभागी हुने अनुमान गरे पनि सबै सहभागी भएका थिएनन्। १५औँ महाधिवेशनले थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। जम्मा २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने लक्ष्य रहेको कांग्रेसमा बाँकी सदस्य मनोनयन हुन बाँकी छ। उक्त महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधि सहभागी भएका थिए। थापा समूहले आठ हजारको हाराहारीमा प्रतिनिधि सहभागी हुने अनुमान गरे पनि सबै सहभागी भएका थिएनन्। देउवा समूहले भने आफ्नो महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराउने दाबी गरेको छ। “आठ हजार प्लस महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिस्पर्धाभन्दा पनि नयाँ सदस्य वितरण र नवीकरण भएर आउँदा संख्या त्यति पुगेको हो,” कुइँकेल भन्छन्। शेरबहादुर देउबा। फाइल तस्बिर देउवा समूहले असारदेखि नै समानान्तर गतिविधि सञ्चालन गर्दै आएको थियो। ६ साउनमा बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम गरेको समूहले २९ साउनमा राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। २८ साउनमा देउवा विदेशबाट फर्किएपछि यो समूहले चुनदेवीबाट समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय सम्मेलन गरेयता महाधिवेशनको नेतृत्व पूर्वमहामन्त्री तथा बीपीपुत्र शशांकले गरिरहेका छन्। देउवा समूहले महाधिवेशनलाई पुराना नेताहरूको शक्ति प्रदर्शनमा मात्र सीमित नराख्ने सन्देश दिएको छ। यसका लागि युवा प्रतिनिधित्वलाई पनि प्राथमिकतामा राखिएको छ । महाधिवेशनबाट चयन हुने सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। त्यसैगरी ४० वर्षमुनिका युवालाई पनि सबै तहका संरचनामा समेट्ने व्यवस्था निर्वाचन निर्देशिकामा राखिएको छ। थापा नेतृत्वको कांग्रेसले युवा पुस्ताको नेतृत्व र पार्टी रूपान्तरणलाई आफ्नो राजनीतिक आधार बनाएको थियो देउवा समूहले पनि युवा प्रतिनिधित्वको मुद्दालाई प्राथमिकतामा राखेको छ। वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म एक महिलासहित कम्तीमा दुई जना १८ देखि २८ वर्ष उमेर समूहका युवा र एक महिलासहित कम्तीमा दुई जना ४० वर्षमुनिका युवा समावेश गर्ने व्यवस्था गरिएको छ। यसबाहेक महिला, पेसाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योगी-व्यवसायी, लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र र दलित महिलाको प्रतिनिधित्वलाई पनि समावेशी संरचनाको आधार बनाइएको छ। यो व्यवस्थामार्फत देउवा समूहले आफ्नो महाधिवेशनलाई पुरानो नेतृत्वको निरन्तरता मात्र नभई नयाँ पुस्तालाई पनि स्थान दिने प्रक्रियाका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। थापा नेतृत्वको कांग्रेसले युवा पुस्ताको नेतृत्व र पार्टी रूपान्तरणलाई आफ्नो राजनीतिक आधार बनाएको थियो देउवा समूहले पनि युवा प्रतिनिधित्वको मुद्दालाई प्राथमिकतामा राखेको छ। शेरबहादुर देउवा र गगनकुमार थापा। तस्बिर : नेपाल फोटो लाइब्रेरी देउवा समूहको महाधिवेशन तयारीमा कांग्रेसका प्रभावशाली पुराना नेताहरू एक ठाउँमा उभिएका छन्। पूर्वसभापति देउवासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र मोहनबहादुर बस्नेतलगायत नेता छन्। यी नेताहरू कांग्रेसको लामो राजनीतिक यात्रामा प्रभावशाली भूमिका खेलेका व्यक्ति हुन्। उनीहरूको संगठनात्मक पकड र जिल्ला तहसम्मको सम्बन्धलाई देउवा समूहले आफ्नो महाधिवेशनको शक्ति मानेको छ। इतर समूह छुट्टै महाधिवेशनमा केन्द्रित रहेका बेला सभापति गगन थापा नेतृत्वको कांग्रेस भने निर्वाचन आयोगमा पार्टी अद्यावधिक गराउने प्रक्रियामा व्यस्त छ। १५औँ नियमित र विशेष दुवै महाधिवेशनमा सहभागी नभएका वरिष्ठ नेता शेखर कोइराला भने तटस्थ देखिएका छन्। उनले कुनै पनि समूहका गतिविधिमा सहभागिता जनाएका छैनन्। गगन नेतृत्वको कांग्रेस अद्यावधिक प्रक्रियामा इतर समूह छुट्टै महाधिवेशनमा केन्द्रित रहेका बेला सभापति गगन थापा नेतृत्वको कांग्रेस भने निर्वाचन आयोगमा पार्टी अद्यावधिक गराउने प्रक्रियामा व्यस्त छ। पार्टीको महाधिवेशन सम्पन्न भएको कागजातसहित महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोली निर्वाचन आयोग धाइरहेको छ। महाधिवेशनलगत्तै दसैँ सुरु भएकाले कांग्रेसले १६ कात्तिकमा निर्वाचन आयोगमा कागजात बुझाएको थियो। महामन्त्री पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचित पदाधिकारी तथा सदस्यको विवरण, संशोधित विधान, राजनीतिक दस्तावेज र निर्णयहरू बुझाएको थियो। निर्वाचित केन्द्रीय समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगमा बुझाउनुपर्ने प्रावधान उक्त दफामा छ। तर, पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको कार्यसमिति विवरण अझै अद्यावधिक भएको छैन। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ मा राजनीतिक दलका पदाधिकारी हेरफेर भए निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। निर्वाचित केन्द्रीय समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगमा बुझाउनुपर्ने प्रावधान उक्त दफामा छ। तर, पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको कार्यसमिति विवरण अझै अद्यावधिक भएको छैन। “कागजात नपुगेर केही समय ढिलो भएको हो। अहिले कागजपत्र सबै आइसकेका छन्, पेस गर्ने चरणमा छौँ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्। कांग्रेस सभापति गगनकुमार थापा। फाइल तस्बिर देउवा समूहले पनि आफ्नो महाधिवेशन सम्पन्न भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने तयारी गरेको छ। नेता प्रकाशशरण महत भन्छन्, “हाम्रो दाबी हामी आधिकारिक भन्ने छ। निर्वाचन आयोगले अन्यायपूर्वक विशेष महाधिवेशनलाई सदर गरेपछि पार्टीमा विवाद बढेको छ।” विशेष महाधिवेशन वैधानिक नभएकाले त्यसबाट निर्वाचित समितिले गरेको महाधिवेशनसमेत अवैधानिक हुने उनको भनाइ छ। विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै खड्का र देउवाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अदालतले ४ वैशाख २०८३ मा थापा नेतृत्वको विशेष महाधिवेशन कार्यसमितिलाई नै मान्यता दिने फैसला गरेको थियो। नेपाली कांग्रेसको विवादको टुंगो भने सर्वोच्च अदालतको फैसलामा निर्भर छ। देउवा समूह सर्वोच्च अदालतबाट आफ्नो पक्षमा फैसला आउने आशामा छ। सर्वोच्च अदालतले २२ साउनमा पुनरवलोकनको निस्सा प्रदान गरेको थियो। मुद्दा विचाराधीन रहेकै अवस्थामा अधिवेशन स्थगित गर्नुपर्ने माग देउवा समूहले राख्दै आएको थियो। विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै खड्का र देउवाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अदालतले ४ वैशाख २०८३ मा थापा नेतृत्वको विशेष महाधिवेशन कार्यसमितिलाई नै मान्यता दिने फैसला गरेको थियो। त्यसपछि २ जेठबाट थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप सदस्यता अद्यावधिक, नवीकरण र वितरण थालेको थियो। यही प्रक्रियामा असहमति जनाउँदै देउवा तथा शेखर कोइराला समूह लामो समयसम्म अलग रह्यो। यसबीचमा देउवा समूहले २९ साउनमा राष्ट्रिय सम्मेलनसमेत आयोजना गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा कामिल मिशाराले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान
Latest NewsJust now

एनपीएलमा कामिल मिशाराले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं। श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीका रूपमा आफ्नो नाम रेकर्ड बुकमा लेखाएका छन्। मिशाराले ५९ बलमा १० छक्का र ५ चौका प्रहार गर्दै अविजित १२० रन बनाए। यसअघि एनपीएलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान ११४ रन थियो। मिशाराले उक्त कीर्तिमानलाई ६ रनले पछि पार्दै नयाँ ...

नेपालन्युज
कांग्रेसका पदाधिकारी र सदस्य कहिले हुन्छन् मनोनीत ?
Latest NewsJust now

कांग्रेसका पदाधिकारी र सदस्य कहिले हुन्छन् मनोनीत ?

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि नवनिर्वाचित सभापति गगन थापाले पदाधिकारी र सदस्य मनोनीत गरिसकेका छैनन् । गत असोज १८ गतेदेखि २३ गतेसम्म... ...

रातोपाटी
बर्दियामा खाद्यले शुक्रबारदेखि धान खरिद गर्ने
Latest NewsJust now

बर्दियामा खाद्यले शुक्रबारदेखि धान खरिद गर्ने

यज्ञप्रसाद सापकोटाबर्दिया, मंसिर २ गते । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले आउने शुक्रबारदेखि राजापुर नगरपालिकामा धान खरिद गर्ने निर्णय गरेको छ । धान खरि... ...

गोरखापत्र
चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य
Latest NewsJust now

चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए । यो एनपीएलका तिनै सिजनमा कुनै ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play