Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार
Photo / Coverage: टक्सार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १०.९८ प्रतिशतले बढेको छ । यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.३० प्रतिशतले घटेको छ । कुल ३५६ कम्पनीको एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चार घटनाको अनुसन्धानपछि लुटपाटमा संलग्न तथा चोरीको सुन कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन्। ...

कान्तिपुर
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Latest NewsJust now

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो... ...

रातोपाटी
नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

नसालु पदार्थ खुवाएर बेहास बनाई शृंखलाबद्ध लुटपाट गरेका घटनामा संलगन रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको अनुसार, पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाक... ...

नेपालखबर
गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा
Latest NewsJust now

गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा

इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारदेखि सचिवालयका सदस्यसम्म फेसबुक ग्रुपमा व्यंग्यात्मक पोस्ट, कमेन्ट र मिममा सक्रिय ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement