Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/३१ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार

३१ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार

10/29/2026, 3:43:12 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
३१ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३३।२९ अंकले बढेर २६९५.६० अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटै उपसमहु सेयरमूल्य बढेको छ । विहीबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ । कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड ९८ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै
अर्थतन्त्रJust now

एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल साँझ ५ बजे सुरु हुने तालिका छ । वर्षाका कारण केही समय पानी परेर रोकिएपछि मौसम धुम्मिएको छ । खेल सञ्चालन हुने आशामा दर्शकहरू रंगशालामा प्रतीक्षा… ...

आर्थिक न्यूज
विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा
अर्थतन्त्रJust now

विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा

काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र ...

अर्थडबली
विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै
अर्थतन्त्रJust now

विपद् प्रभावितलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौं । विपद् प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले जग्गा खरिद तथा अधिग्रहणको प्रक्रिया सहज बनाउने तयारी गरेको छ । जग्गा अधिग्रहणमा संघीय सरकारमा निर्भर रहनुपर्ने र प्रक्रिया लामो हुने समस्या हटाउन स्थानीय तहलाई पनि जग्गा खरिद तथा अधिग्रहण गर्न सहज बनाउने गरी कानुन संशोधनबारे छलफल सुरु गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्… ...

आर्थिक न्यूज
इजराइलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, शिन बेटलाई अनुसन्धान गर्न निर्देशन
अर्थतन्त्रJust now

इजराइलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, शिन बेटलाई अनुसन्धान गर्न निर्देशन

काठमाडौं । इजराइलमा २७ अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विदेशी शक्तिको सम्भावित हस्तक्षेप भएको आशंका व्यक्त गरिएको छ। निर्वाचनका क्रममा इजराइल र वेस्ट बैंकमा विदेशबाट रकम पठाइएको तथा उक्त रकम अरब समुदायका नागरिकलाई आर्थिक सहयोग गर्न प्रयोग गरिएको हुन सक्ने आशंकापछि निर्वाचन आयोगले सुरक्षा तथा अनुसन्धान निकाय शिन बेटलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको समाचार सार्वज… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play