Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल साँझ ५ बजे सुरु हुने तालिका छ । वर्षाका कारण केही समय पानी परेर रोकिएपछि मौसम धुम्मिएको छ । खेल सञ्चालन हुने आशामा दर्शकहरू रंगशालामा प्रतीक्षारत छन् ।

दुवै टोलीले प्रतियोगितामा दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । विराटनगर भने चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

कर्णाली आजको खेल जित्दै लगातार दोस्रो जित निकालेर आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ । विराटनगर भने पहिलो हारपछि पुनरागमन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णाली र विराटनगरबीचको प्रतिस्पर्धा पनि रोचक बनेको थियो । पहिलो संस्करणमा कर्णालीले विराटनगरलाई ७ रनले हराएको थियो भने दोस्रो संस्करणमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

नेपालमा तीन महिनामै टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए
अर्थतन्त्रJust now

नेपालमा तीन महिनामै टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए

काठमाडौँ / टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ ...

अर्थडबली
Bajaj WEGO खरिदमा ५० हजार रुपैयाँ छुट, ३० हजारसम्म अतिरिक्त मूल्यांकन सुविधा
अर्थतन्त्रJust now

Bajaj WEGO खरिदमा ५० हजार रुपैयाँ छुट, ३० हजारसम्म अतिरिक्त मूल्यांकन सुविधा

काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकलाई लक्षित गर्दै नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, WEGO मा ५० हजार’ नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले Bajaj WEGO खरिद गर्दा ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्ग… ...

आर्थिक न्यूज
नेपालका ५ सहरमा सुरु भयो CHERY Q को डेलिभरी
अर्थतन्त्रJust now

नेपालका ५ सहरमा सुरु भयो CHERY Q को डेलिभरी

काठमाडौं । नेपालका लागि चेरी (CHERY) सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ अर्बन एसयूभी CHERY Q को डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ। कम्पनीका अनुसार काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरबाट ग्राहकलाई सवारीसाधन हस्तान्तरण गर्न थालिएको हो। यससँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै प्रमुख सहरका ग्राह… ...

आर्थिक न्यूज
सुदूरपश्चिममा औद्योगिक कर्जा बढ्दा कृषि कर्जा घट्यो, उद्योगको क्षमता उपयोग ५१ प्रतिशत, आर्थिक वृद्धिदर ३.२८ प्रतिशत
अर्थतन्त्रJust now

सुदूरपश्चिममा औद्योगिक कर्जा बढ्दा कृषि कर्जा घट्यो, उद्योगको क्षमता उपयोग ५१ प्रतिशत, आर्थिक वृद्धिदर ३.२८ प्रतिशत

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशतमा सीमित रहेको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको छ भने औद्योगिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । प्रतिवेदनमा समेटिएका १४ वटा नमुना उद्योगमध्ये … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play