३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं, कात्तिक १ । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दसैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो। काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेता घोषणा गर्नुभएको थियो। विजेता घोषणा भएपछि उहाँहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिनुभएको थियो। सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि आफूले उपहार जितेको विश्वास गरेकी थिइन्। विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेता छनोट भएका छन्। उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ। आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार असोज १६ देखि ३१ गतेसम्म दुई लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका तीन करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल तीन करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए। बम्पर तथा दैनिक उपहारका सबै विजेताले कात्तिक १५ गतेभित्र सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएलको ‘अफिसियल पार्टनर’मा नेपाल टेलिकम
काठमाण्डु– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण […] ...

९ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
सुनसरी / इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान ...

३ दिनका लागि खुल्यो तातोपानी नाका
काठमाण्डु– दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो । सिन्धुपाल्चोक […] ...

युरोपमा आन्दोलनको आगो फैलिँदै, फ्रान्सपछि बेल्जियम र इटालीमा पनि हिंसात्मक प्रदर्शन
बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले ...


