३ हजारको सामान किनेका ग्राहकलाई १० लाखको ‘बम्पर उपहार’, १६ जनाले जिते १ लाख

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन् । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ । त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् । सरकारले बिलबिजक लिनेदिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो । एक सय रुपैयाँभन्दा बढीका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते
काठमाडौं । भारतीय अभिनेता टाइगर श्राफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ । घटनामा उनका चालक र नजिकै रहेका एक अटोचालक घाइते भएका छन् । टाइगर भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार, फुटबल खेलेर गाडीमा फर्किरहेका टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले अचानक गोली चलाएका थिए । घाइतेहरूलाई तत्कालै नजिकैको ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न भ्याइँनभ्याइँ भएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरूको दिनचर्या अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त […] ...

बलिउड अभिनेता टाइगर श्राफ सवार कारमा गोली प्रहार
घटनामा श्राफ सकुशल रहेका छन् भने उनका चालक र एक अटोचालक घाइते भएका छन् । ...

कटुुञ्जेको सुुशीला भैरव मन्दिरमा सन्ध्या आरती
नगेन्द्र सापकोटाकाठमाडौँ, कत्तिक १ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका —५ कटुञ्जेस्थित सुशीला भैरव मन्दिरमा साँझ आरती गर्ने परम्परा सुुरु गरिएको छ । पुुरातात्विक एवं ऐतिहासिक, सा... ...


