Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३ महिनामा नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो डिलिट

३ महिनामा नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो डिलिट

Share:WhatsAppFacebookX (Twitter)Telegram
३ महिनामा नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो डिलिट

काठमाडौं । टिकटकले पछिल्लो तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाएको छ। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै कम्पनीले सन् २०२६ को अप्रिलदेखि जुनसम्म २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको हो। टिकटकका अनुसार नेपालमा हटाइएका भिडियो कुल प्रकाशित सामग्रीको ०.४ प्रतिशत हो। तीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै स्वचालित प्रणालीबाट पहिचान गरिएका थिए। हटाइएका भिडियोमध्ये ९२.३ प्रतिशतलाई २४ घण्टाभित्र हटाइएको कम्पनीले जनाएको छ। टिकटकले समीक्षा गरेपछि गलत ठहरिएका ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरेको छ। विश्वव्यापी रूपमा भने टिकटकले यही अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा अर्थात् करिब ९७ प्रतिशत भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यो टिकटकमा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै
ताजा खबरJust now

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन... ...

रातोपाटी
नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
ताजा खबरJust now

नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

सिराज खाननेपालगन्ज, कात्तिक १३ गते । यही शनिबार र आइतबार (कात्तिक १४ र १५ गते) नेपालगन्जमा आयोजना हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोज... ...

गोरखापत्र
ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?
ताजा खबरJust now

ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?

प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर । प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका ...

घुमफिर
सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित
ताजा खबरJust now

सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित

काठमाडौं । सरकारी निर्देशन पटक–पटक अवज्ञा गरेको आरोपमा सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन प्याब्सनले सरकारबाट जारी विभिन्न निर्देशनको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play