Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे कार्तिक ३० गतेको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति सुदूरपश्चिम र मधेस प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु हुँदा २५ जना घाइते भएका छन् । मधेस प्रदेशमा पनि पाँच जनाकै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । त्यस्तै, बागमती प्रदेशमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । कर्णाली र लुम्बिनी प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । कर्णालीमा चार जना र लुम्बिनीमा ३५ जना घाइते भएका छन् । कोशी प्रदेशमा ३१ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा ३६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १४ जना घाइते भएको प्रहरीकाे विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमपातले सडक अबरुद्ध
Latest NewsJust now

हिमपातले सडक अबरुद्ध

राजन रावतहुम्ला, मङ्सिर १ गते । सिमकोट–हिल्सा सडक खण्डको यारी हिल्सा क्षेत्रको नारा सडक अबरुद्ध भएको छ । आइतबार भएको हिमपातले सडकमा हिउँ जमेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।ना... ...

गोरखापत्र
बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी
Latest NewsJust now

बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई... ...

रातोपाटी
नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम
Latest NewsJust now

नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

काठमाडौँ। बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र विकास र आर्थिक प्रतिस्पर्धाको विस्तारले आज कूटनीतिक सम्बन्धको परम्परागत परिभाषालाई फराकिलो बनाएको छ। अब कूटनीति केवल राज्यहरूबीच औपचारिक संवाद गर्ने, राजनीतिक सद्भाव व्यक्त गर्ने र उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने माध्यम मात्र रहेन। यो राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने, विदेशी लगानी आकर्षित गर्ने, निर्यात बजार विस्तार गर्ने, प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने, रोजगारी ...

नेपालन्युज
जेम्स बन्डको भूमिकामा अब रोबर्ट प्याटिन्सन
Latest NewsJust now

जेम्स बन्डको भूमिकामा अब रोबर्ट प्याटिन्सन

वासिङ्टन– ‘ट्विलाइट’ र ‘द ब्याटम्यान’ जस्ता फिल्मबाट चर्चित बेलायती अभिनेता रोबर्ट प्याटिन्सनलाई जेम्स बन्डको नयाँ अभिनेताका रूपमा छनोट गरिएको छ । अमेजन एमजीएम स्टुडियोले सोमबार सामाजिक सञ्जालमार्फत ००७ को भूमिकामा प्याटिन्सनको तस्बिर सार्वजनिक गर्दै यसबारे घोषणा गरेको हो । ४० वर्षीय प्याटिन्सन जेम्स बन्डको भूमिका निर्वाह गर्ने सातौँ अभिनेता बनेका छन् । उनले जेम्स बन्ड शृङ्खलाको २६औँ फिल्ममा अभिनय गर्नेछन् । सो फिल्म सन् ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play