Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प र एपेकलाई मध्यनजर गर्दै सेन्जेनमा हर्न बजाउन र ड्रोन उडाउन प्रतिबन्ध, सहरमा शान्ति कायम

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प र एपेकलाई मध्यनजर गर्दै सेन्जेनमा हर्न बजाउन र ड्रोन उडाउन प्रतिबन्ध, सहरमा शान्ति कायम
Photo / Coverage: टेक्नोलोजी खबर

चीनको प्रविधि क्षेत्रको प्रमुख केन्द्र सेन्जेनमा यस साता विश्व नेताहरूको जमघटको तयारीसँगै असामान्य शान्ति छाएको छ। सहरमा सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइएको छ, सामान ओसारपसार गर्ने ड्रोनहरू उडाउन रोकिएको छ र स्थानीय बासिन्दालाई निजी सवारीसाधन घरमै छाड्न आग्रह गरिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको बैठक सेन्जेनका लागि आफ्नो रूपान्तरण देखाउने अवसर बनेको छ। कुनै समय कृषि क्षेत्रमा सीमित रहेको यो सहर अहिले उच्च प्रविधिको केन्द्र र व्यवस्थित सहरका रूपमा विकसित भएको छ। अधिकारीहरू यही छवि विश्वसामु प्रस्तुत गर्न चाहन्छन्। सेन्जेनका १५ लाखभन्दा बढी स्थानीय कारधनीले एपेकको स्टिकर पाउने सर्तमा सडकमा गाडी ननिकाल्ने प्रतिबद्धता जनाएका छन्। प्रतिबद्धता पालना गरे उनीहरूले १०० युआन (१५ अमेरिकी डलर) सम्मको सार्वजनिक यातायात कार्ड पाउनेछन्। मंगलबारदेखि बाहिरका सहरमा दर्ता भएका गाडीलाई दिउँसो सहरका अधिकांश क्षेत्रमा प्रवेश गर्न रोक लगाइने सेन्जेन ट्राफिक प्रहरीले जनाएको छ। रोयटर्सका अनुसार सहरमा व्यापक रूपमा देखिने विद्युतीय साइकल चालकलाई पनि साइकलबाट ओर्लन आग्रह गरिएको छ। त्यसको बदलामा उनीहरूले बिमा शुल्कमा छुट पाउनेछन्। मुख्य सडकमा पार्किङ गरिएका साइकलहरू पनि हटाइँदै छन्। शिखर सम्मेलनका लागि सहरका धेरै मध्यवर्ती क्षेत्रलाई सजाइएको छ। सम्मेलनस्थल सियाङमिहु अर्थात् हनी लेकको छेउमा छ। सन् १९८५ मा खुलेको यो स्थान कुनै समय एसियाकै ठूला मनोरञ्जन पार्कमध्ये एक थियो। लामो समयदेखि प्रयोगमा नरहेको पार्कको रोलर कोस्टर सन् २०२४ मा भत्काएर त्यहाँ वित्तीय क्षेत्र निर्माण गरिएको थियो। अहिले ताल किनारका क्षेत्रमा नयाँ फूलका बगैँचा र कालोपत्रे गरिएका सडक देखिन्छन्। तर, करिब २० जना विश्व नेताहरू र उनीहरूका सहयोगीको टोली सहरमा आउँदा हुने तामझाम र असुविधाका लागि सेन्जेनका सबै बासिन्दा तयार देखिँदैनन्। सम्मेलनस्थलनजिकै बस्ने ४० वर्ष आसपासकी ब्याउले भनिन्, “सहर राम्रो देखिएको छ, तर यसमा खर्च भइरहेको पैसा त करदाताकै हो।” आफ्नो रोजगारदाताले कर्मचारीलाई सञ्चारमाध्यमसँग कुरा नगर्न भनेकाले उनले पूरा नाम बताउन अस्वीकार गरिन्। उनका अनुसार यस साता निश्चित समयमा आसपासका सडक बन्द हुने भएकाले उनी काममा गाडी लिएर जान पाउने छैनन्। ब्याउले भनिन्, “तर मेरो ठूलो समस्या बालबालिकाको हेरचाह हो।” सेन्जेनका प्राथमिक र माध्यमिक विद्यालयमा मंगलबारदेखि चार दिनको शरदकालीन बिदा सुरु हुँदै छ। शिक्षकबाहेक अन्य वयस्कका लागि भने बिदा छैन। सेन्जेन प्रशासनले रोजगारदातालाई घरबाट काम गर्ने व्यवस्था मिलाउन, कामको समय फरक–फरक बनाउन वा सवेतन बिदा दिन प्रोत्साहित गरेको छ। केही बासिन्दाले भने यो अवसरको उपयोग गरिरहेका छन्। माध्यमिक विद्यालयका शिक्षक जोन दक्षिणपश्चिमी सहर चोङछिङ जाँदै छन्। उनले भने, “म केही समय आराम गर्न, सस्तो खाना खान र अवस्था सामान्य भएपछि फर्कन चाहन्छु।” सडकमा देखिएको शान्तिको एउटा प्रमुख कारण यसै महिनादेखि लागू गरिएको सहरव्यापी हर्न प्रतिबन्ध हो। ध्वनि मापन गर्ने क्यामेराबाट निगरानी गरिने यस नियम उल्लङ्घन गरे कम्तीमा ३०० युआन जरिवाना लाग्छ। सेन्जेनमा लामो समयदेखि हर्न बजाउन नियन्त्रण गरिएको भए पनि नयाँ नियमको व्यापक प्रचार गरिएको छ। आफ्नो कारको हर्न बजाउन नपाउने नियमबारे सञ्चारमाध्यममा काम गर्ने २९ वर्षीया लिउले गुनासो गर्दै भनिन्, “अहिले मानिसहरूले निकै जोखिमपूर्ण तरिकाले अरूको बाटो काटिरहेका छन्। तपाईंले चुपचाप बसेर हेर्नुबाहेक केही गर्न सक्नुहुन्न।” सहरका चर्चित निर्यातमध्ये पर्ने ड्रोन उडानमा पनि रोक लगाइएको छ। खाद्य सामग्री ड्रोनबाट पुर्‍याउँदै आएको मितुआनले १० दिनका लागि आफ्नो ड्रोन सेवा स्थगित गरेको छ। तयारीका क्रममा मानिसहरूको पहिरनलाई समेत ध्यान दिइएको छ। लिन नाम गरेकी एक कार्यालय कर्मचारीका अनुसार उनको रोजगारदाताले कर्मचारीलाई आफूले नबुझेका अंग्रेजी वाक्यांश लेखिएका कपडा नलगाउन भनेको छ। त्यस्ता कपडामा अनजानमै अश्लील शब्द लेखिएको हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो। यद्यपि, सहरभरि हजारौँ मानिसले ‘स्वयंसेवक’ लेखिएका रातो ज्याकेट लगाएका छन्। आवासीय क्षेत्रका सुरक्षा गार्डले समेत यस्ता ज्याकेट लगाएका छन्। सेन्जेनको नानसान जिल्लामा कार्यरत सुरक्षा गार्ड गुओले भने, “हाकिमले हामीलाई यो ज्याकेट लगाउनुपर्छ भन्नुभएको छ।” ज्याकेटमा लेखिएका अक्षरको अर्थ आफूलाई थाहा नभएको बताउँदै उनले भने, “म अंग्रेजी बोल्दिनँ।” The post ट्रम्प र एपेकलाई मध्यनजर गर्दै सेन्जेनमा हर्न बजाउन र ड्रोन उडाउन प्रतिबन्ध, सहरमा शान्ति कायम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक
TechnologyJust now

कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

१ मंसिर, काठमाडौं। नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा विभिन्न व्यवसाय तथा पसलबाट खरिद गरी प्राप्त गरेका कर बीजकका आधारमा उपभोक्तालाई प्रदान गरिने पुरस्कार विजेताको विवरण सार्वजनिक गरेको हो । […] The post कात्तिक महिनाको ...

आइसिटी फ्रेम
पोनी एआई र टोयोटाले चीनको ग्वाङझाउमा सुरु गरे बीजेड४एक्स इभीमार्फत रोबोट्याक्सी सेवा
TechnologyJust now

पोनी एआई र टोयोटाले चीनको ग्वाङझाउमा सुरु गरे बीजेड४एक्स इभीमार्फत रोबोट्याक्सी सेवा

पोनी एआई र टोयोटाद्वारा संयुक्त रूपमा विकसित ‘बीजेड४एक्स’ रोबोट्याक्सीले ग्वाङझाउमा आधिकारिक रूपमा आफ्नो परीक्षण सञ्चालन सुरु गरेको छ। यससँगै उनीहरूको साझेदारी अब सामूहिक उत्पादन र परीक्षणको चरणबाट अघि बढेर सार्वजनिक सवारी सेवाको रूपमा विस्तार भएको छ। सोमबार कम्पनीहरूद्वारा जारी विज्ञप्ति अनुसार, पोनी एआईको सातौं पुस्ताको ‘अटोनोमस ड्राइभिङ’ (स्वचालित सवारी) प्रणाली जडान गरिएको यो मोडलले हाल ग्वाङझाउको नानशा जिल्लामा ‘लेभल ४’ स्तरको ...

टेक्नोलोजी खबर
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १५ सेमिफाइनलिस्ट : प्रविधिमार्फत समस्या समाधानको प्रयास
TechnologyJust now

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १५ सेमिफाइनलिस्ट : प्रविधिमार्फत समस्या समाधानको प्रयास

काठमाडौं । नेपालमा प्रविधिको विकाससँगै नयाँ सोच, सिर्जनशीलता र नवप्रवर्तनमा आधारित परियोजनाहरू पनि अघि बढिरहेका छन् । स्वास्थ्य, शिक्षा, वातावरण, सुरक्षा, सञ्चार, यातायातदेखि व्यापारसम्मका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले प्रविधिमा आधारित नयाँ उत्पादन तथा सेवा विकास गरिरहेका छन् । यस्ता नवीन सोच र प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको आइसिटी अवार्डले पनि नवप्रवर्तनमा आधारित परियोजनालाई विशेष ...

आइसिटी समाचार
आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक
TechnologyJust now

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा मिति २०८३/०७/२२ गते लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ ।यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play