Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

10/24/2026, 8:02:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् । त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै
OthersJust now

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला ...

पर्दाफास
कञ्चनपुरमा कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको खैरो हेरोइन, एक जना पक्राउ
OthersJust now

कञ्चनपुरमा कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको खैरो हेरोइन, एक जना पक्राउ

७ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा मुखभित्र लुकाइएको १.७८ ग्राम खैरो हेरोइन फेला परेको छ । शुक्रबार साँझ भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट डग स्क्वाड टोली र प्रहरी टोलीले संयुक्त… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध आक्रोश, ‘सेटिङ र लेनदेन’को आरोप
OthersJust now

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध आक्रोश, ‘सेटिङ र लेनदेन’को आरोप

लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक पहुँच, सेटिङ र लेनदेनलाई प्राथमिकता दिइएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले सरकारविरुद्ध प्रदर्शन गरेको छ । लुम्बिनीमा शनिबार आयोजित विरोधसभाका वक्ताहरुले विवादित नियुक्ति खारेज गर्न, नियुक्त पदाधिकारीमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेका छन् । विरोधसभामा वक्ताहरुले विश्व शान्ति र अहिंसाको प्रतीकका रुपमा रहेको लुम्बिनीमा योग्यता, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play