२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०२, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५७, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको २ र .अन्यमा १०५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । ...

कर्णालीका आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर, नागरिकलाई सास्ती
७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीसम्म सास्ती भोग्नुपरेको छ। भौगोलिक विकटता, नदीमा पुल नबन्नु र निर्माणाधीन सडकको सुस्त गतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ। सडक नहुँदा मानिस र खच्चडबाट खाद्यान्नलगायत सामग्री… ...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
७ कात्तिक, कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका… ...

प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?
७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी… ...


