Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ चालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ चालक कारबाहीमा
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई पनि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिबाना गरिएको उनले बताए। ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानी गर्दै आएको छ। प्रहरीले सवारीचालकलाई ट्राफिक नियम पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ। सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?
Latest NewsJust now

भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल नलिइने बताएका छन् । उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै […] ...

लोकपथ
नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ । सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको ...

टक्सार
कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग
Latest NewsJust now

कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै स्वागत गरेको छ। संघका अध्यक्ष अनिल कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement