काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ । सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड माथिको कारोबार भएको छ । आजको दिन एभरेष्ट कलर ल्याबका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ । त्यस्तै आजको दिन मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ । कुल ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १ सय ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण

Read Complete Original Article
Published originally on टक्सार






