Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१३ देवगणको सहभागितामा पाटनमा अष्टमातृका नाच [तस्बिरहरू]

१३ देवगणको सहभागितामा पाटनमा अष्टमातृका नाच [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ देवगणको सहभागितामा पाटनमा अष्टमातृका नाच [तस्बिरहरू]

ललितपुर । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको ऐतिहासिक गँः प्याखँ अर्थात् अष्टमातृका नाच प्रस्तुत गरिएको छ। नेवारी समुदायको गहिरो धार्मिक तथा तान्त्रिक परम्परासँग सम्बन्धित यस नाचमा विभिन्न देवीदेवताका १३ जना देवगणको विशेष सहभागिता रहेको थियो। पाटनको प्राचीन सांस्कृतिक धरोहरका रूपमा रहेको अष्टमातृका नाचमा सहभागी प्रत्येक देवगणको आ–आफ्नै विशिष्ट तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ। परम्परागत बाजागाजासहित विधिपूर्वक मूलचोकमा प्रस्तुत गरिएको नाचले पाटनको समृद्ध सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ। प्राचीनकालदेखि चल्दै आएको यस नाचले तान्त्रिक साधना, धार्मिक आस्था तथा नेवारी लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यो परम्परा पाटनको मौलिक सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ। अष्टमातृका नाचको अवलोकन तथा दर्शन गर्न मूलचोकमा स्थानीय कलाप्रेमी, बौद्धिक व्यक्तित्वका साथै स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परागत शैली, बाजागाजा र देवगणहरूको विशेष प्रस्तुतिले मूलचोकको वातावरणलाई सांस्कृतिक रंगले भरिएको थियो। यस्ता तान्त्रिक तथा सांस्कृतिक नाचहरूले पुर्खाले हस्तान्तरण गर्दै आएको ऐतिहासिक र सांस्कृतिक विरासतलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। तस्बिरः घनश्याम श्रेष्ठ /रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
ताजा खबरJust now

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

कान्तिपुर
वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
ताजा खबरJust now

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

केन्द्रबिन्दु
खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
ताजा खबरJust now

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो

जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

रातोपाटी
बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
ताजा खबरJust now

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play