Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/१२ शय्याबाट सुरु भएको यात्रा, करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

१२ शय्याबाट सुरु भएको यात्रा, करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

10/18/2026, 9:08:58 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
१२ शय्याबाट सुरु भएको यात्रा, करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या देखिए पनि उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता थियो। आर्थिक अभाव, लामो यात्रा र समयमै उपचार नपाउँदा दृष्टि गुमाउनुपर्ने जोखिम टार्दै सिरहाको लहानबाट सुरु भएको १२ शय्याको आँखा उपचार केन्द्र आज करोडौँ मानिसका लागि भरोसाको केन्द्र बनेको छ। नेपाल नेत्रज्योति सङ्घको स्थापना (सन् १९७८) र क्रिस्टोफेड ब्लाइन्डेनमिसन (सिबिएम) को सहकार्यमा सन् १९८३ मा लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो। डा. ए. हेनिङ्गको ३० वर्षको निरन्तर सेवा र स्थानीय समाजसेवी छविलाल चौधरी, सरोवरलाल चौधरी र रवीन्द्रलाल चौधरीले उपलब्ध गराएको निःशुल्क जग्गाका कारण अस्पतालको आधारशिला तयार भएको थियो। पछि सिबिएमको आर्थिक तथा प्राविधिक सहयोगमा ५० शय्याको सगरमाथा चौधरी आँखा अस्पताल निर्माण भई सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहबाट यसको उद्घाटन गरिएको थियो। लहानको अनुभव र बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै सन् २००६ सेप्टेम्बर १३ मा विराटनगरमा पनि यसको शाखा स्थापना गरियो। सुरुमा पुरानो विमानस्थल नजिक भाडाको भवनबाट थालिएको सो सेवा पछि ३०० शय्याको अत्याधुनिक अस्पतालमा विस्तार भयो, जसको नयाँ भवनको उद्घाटन सन् २०११ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट भएको थियो। नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार स्थापनाकालदेखि सन् २०२५ सम्म यस प्रणालीअन्तर्गत १ करोड ६६ लाख ३१ हजार ९५० जनालाई ओपिडी सेवा प्रदान गरिएको छ भने २४ लाख ९९ हजार ८९३ वटा सफल शल्यक्रिया गरिएका छन्। केवल सन् २०२५ मा मात्रै १४ लाख ३१ हजार २८८ जनाले आँखा परीक्षण सेवा, १ लाख ३२ हजार २१३ वटा शल्यक्रिया र १ लाख ३३ हजार ३१६ जनाले चस्मा प्राप्त गरेका छन्। अहिले यी अस्पतालहरूमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र बङ्गलादेशबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवाका कारण लहान र विराटनगर क्षेत्रमा होटल, यातायात, औषधि पसललगायतका व्यावसायिक गतिविधि बढेसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

फ्रान्समा किन सल्कियो हिंसाको आगो ?
OthersJust now

फ्रान्समा किन सल्कियो हिंसाको आगो ?

गृहमन्त्रालयले प्रदर्शनका क्रममा राजधानीका केही भागका साथै मार्सेई, रेनेस, टुलुज र आन्जे लगायत कयौँ ठाउँमा 'नकाबपोश मानिसहरू'ले 'लक्षित हिंसात्मक घटनाहरू' गराएको बताएको छ। फ्रान्सका ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्स सहरहरूमा भवनहरूमा क्षति पुगेका खबरहरू बाहिर आएका छन्। ...

अनलाइन खबर
सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म
OthersJust now

सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म

तपाईं दसैं–तिहारको फुर्सदमा फिल्म हेर्नुहुन्छ? त्यो पनि उच्च गुणस्तरमा? त्यसो हो भने ‘सिनेमाघर’ राम्रो विकल्प हुन सक्छ। सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ८ वटा नेपाली फिल्म रिलिज गरेको छ। अनि नाम दिएको छ, ‘दसैं–तिहार मुभी मेला’। नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले यस्तो सौगात ल्याएको हो। यसअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र घरमै बसेर… ...

अनलाइन खबर
आहा ! हिमाल (फोटो फिचर)
OthersJust now

आहा ! हिमाल (फोटो फिचर)

पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्‍यो है !' ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play