१ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । लिग-२ को एकै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने उनी पहिलो नेपाली ब्याटर बनेका छन् । यसअघि कुनै पनि नेपाली ब्याटरले लिग-२ को एउटै संस्करणमा १ हजार रनको आँकडा छुन सकेका थिएनन् । रोहितको यो सफलतासँगै उनी लिग-२ को एकै संस्करणमा १ हजार रन पुरा गर्ने विश्वका चुनिएका उत्कृष्ट ब्याटरहरूको सूचीमा समावेश भएका छन् । रोहितले यो लिगका ३६ मध्ये ३५ खेलका ३२ इनिङ खेल्दा एक हजार ४ रन बनाएका हुन् । यो अवधिमा उनले दुई शतक र पाँच अर्धशतक बनाएका छन् । यस सूचीमा नाम लेखाउने अन्य खेलाडीमा नामिबियाका गेरहार्ड इरास्मस, पपुवा न्यूगिनीका असद भाला, अमेरिकाका आरोन जोन्स, ओमानका जतिन्दर सिंह, स्कटल्यान्डका काइल कोएत्जर, क्यालम म्याक्लियोड र जर्ज मुन्से, युएईका भृत्य अरविन्द तथा अमेरिकाका मिलिन्द कुमार, साईतेजा मुक्कामाल्ला र मोनांक पटेल रहेका छन् । यस्तै स्कटल्यान्डका ब्रेन्डन म्याकमुलन र नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले पनि यो उपलब्धि हासिल गरिसकेका छन् । अमेरिकाका कप्तान मोनांक पटेल लिग-२ का दुवै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने एक मात्र ब्याटर हुन् । यस्तै, नेदरल्यान्ड्सका स्कट एडवर्ड्स (९२० रन) ले जारी संस्करणको अन्तिम राउन्डमा थप ८० रन जोडेमा यस विशिष्ट सूचीमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान
मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर मद्दत पुर्याएका छन् । ...

कोलोराडोको स्थानीय राजनीतिमा नेपाली प्रतिनिधित्व खोज्दै दिपक बस्नेत
अमेरिकामा नेपाली समुदायका धेरै सदस्यले सुरुवाती वर्षमा रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय भने विभिन्न पुस्ताका नेपालीमा नागरिक अधिकार, सार्वजनिक सेवा, नीतिनिर्माण र स्थानीय निर्वाचनमा सहभागिताबारे चासो बढ्दै गएको छ । ...

एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण… ...

प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा रोनाल्डोलाई ३० दिनको निलम्बन
३ कात्तिक, काठमाडौं । पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो जरिवाना पनि गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना युइएफए नेसन्स लिगका लागि पोर्चुगलको टोलीमा रहँदा प्रशिक्षकसँगको विवादपछि शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा उनी बेन्चमै बसेका थिए। त्यसपछि अक्टोबर १ मा… ...


