Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छन् । श्रीलंकाविरुद्धको त्रिकोणात्मक शृङ्खलामा उनले मात्र १ सय १४ बलमा दोहोरो शतक पूरा गर्दै सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका हुन् । अहिले जारी उक्त खेलमा ब्रुकले २०२ रनको विस्फोटक इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा २१ चौका र १० छक्का प्रहार गरे । यससँगै उनी ओडीआई क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका छन् । ब्रुकले भारतका शुभमन गिलको नाममा रहेको कीर्तिमानसमेत तोडेका छन् । गिलले यसै वर्ष वेस्ट इन्डिजविरुद्ध १ सय १७ बलमा दोहोरो शतक पूरा गरेका थिए । ब्रुकले तीन बल कम खेल्दै उक्त उपलब्धि आफ्नो नाममा गरे । ब्रुकले आफ्नो ऐतिहासिक दोहोरो शतक खेलको अन्तिम ओभरमा पूरा गरेका थिए । जनिथ लियानगेको बलमा उनले सुरुमा छक्का प्रहार गरे । त्यसपछि चौथो बलमा स्कुप सटलाई चौकामा परिणत गर्दै २०० रन पूरा गरेका थिए । इनिङ्सको अन्तिम बलमा ब्रुक आउट भएका थिए । यससँगै इंग्ल्यान्डले ५० ओभरमा ४ विकेटको क्षतिमा ४ सय २९ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका अहिले जवाफी ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक शृङ्खलाका लागि हाल इंग्ल्यान्ड र श्रीलंका पाकिस्तान भ्रमणमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह
ताजा खबरJust now

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश... ...

रातोपाटी
अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई
ताजा खबरJust now

अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ...

केन्द्रबिन्दु
रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान
ताजा खबरJust now

रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्।  त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवा... ...

नेपालखबर
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
ताजा खबरJust now

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ६ गते । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play