होर्मुज जलमार्ग खोल्ने इरानको प्रस्तावमाथि छलफल जारी

काठमाडौं। इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकासमक्ष राखेको सात दिने प्रस्ताव अझै छलफलको क्रममा रहेको जनाएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दिएको जवाफको समीक्षा भइरहेको र प्रस्ताव कार्यान्वयन गर्ने वा नगर्ने निर्णय वासिङ्टनको हातमा रहेको बताएका छन्। आइतबार इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग संगठनको बैठकका क्रममा उनले यस्तो बताएका हुन्। इरानले सेप्टेम्बरको मध्यतिर उक्त सात दिने योजना प्रस्तुत गरेको थियो। अमेरिकाले प्रस्तावको जवाफ दिए पनि इरानका सबै सर्त सम्बोधन नभएको भन्दै वार्ता रोकिएको छ। अराघचीले अमेरिकाले इमानदारीपूर्वक पहल गरे होर्मुज जलमार्ग खोल्ने बाटो स्पष्ट रहेको दाबी गरेका छन्। इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने र क्षेत्रीय शत्रुतापूर्ण गतिविधि अन्त्य गर्नुपर्ने सर्त राखेको छ। अराघचीका अनुसार अमेरिकाले सर्त स्वीकार गरे छैटौँ दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिने र सातौँ दिनमा दुई देशबिच वार्ता सुरु हुनेछ। दुई देशबिचको मुख्य मतभेदमध्ये एक इरानको आणविक कार्यक्रम हो। अमेरिकाले इरानको युरेनियम प्रशोधन क्षमतामा कटौती गर्नुपर्ने माग गर्दै आएको छ, तर इरानले सुरुमा होर्मुज जलमार्ग खोल्ने र सुरक्षित जलयातायात पुनर्स्थापना गर्ने विषयमा केन्द्रित हुनुपर्ने अडान लिएको छ। युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो। जलमार्गमा जारी अवरोधका कारण विश्व ऊर्जा आपूर्ति र बजारमा असर परिरहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
_fam6WtIhIE.jpg)
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा... ...

बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह
पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता... ...

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...
![[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rahadani-18102026071116-watermarked.jpg)
[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग
छानबिन समितिले २०५५ सालमा रातो पासपोर्ट दुरुपयोग गर्ने १३ जना सांसदहरूको नामै किटेर प्रतिवेदन बुझाएको थियो । न्यायिक आयोग गठन भए पनि दोषीमाथि कारबाही भएन । ...


