Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते

हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक प्रकाश थापा घाइते भएका थिए। उनको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारमा ठोक्किएको थियो। दुर्घटनापछि कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडासहित कार र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
ताजा खबरJust now

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

केन्द्रबिन्दु
फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका
ताजा खबरJust now

फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका

फडिन्द्र अधिकारीलेखनाथ, कात्तिक ८ गते । पर्यटकीय नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदैआएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारम... ...

गोरखापत्र
फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका
ताजा खबरJust now

फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका

लेखनाथ समाचारदातालेखनाथ, कात्तिक ८ गते । पर्यटन नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदै आएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा पनि फेवाताल कि... ...

गोरखापत्र
पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता
ताजा खबरJust now

पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता

दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play