हेटौँडामा श्रीमान मृत, श्रीमती घाइते अवस्थामा फेला

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-८ भावनामार्गमा शुक्रबार बिहान एक पुरुष मृत र उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा ५० वर्षीय शंकर कार्की रहेका छन् भने उनकी करिब ४५ वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी हुन् । प्रहरीकाअनुसार शंकर घरको दोस्रो तलामा फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए । उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन् । उनको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चरिमायाले माइतीमा फोन गरेर घटनाबारे जानकारी गराएपछि माइती पक्षले हेटौँडा-९, लामसुरेमा बस्ने शंकरकी दिदी भवानी महतलाई खबर गरेका थिए । त्यसपछि भाइको घर पुगेकी भवानीले ढोका भित्रबाट बन्द रहेको पाएपछि स्थानीयलाई जानकारी गराएकी थिइन् । स्थानीयमार्फत सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय तथा शंकरका दिदी भिनाजुको रोहवरमा ढोका फोडेर घरभित्र प्रवेश गरेको थियो । त्यसक्रममा शंकर मृत र चरिमाया घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटनाका बेला घरमा श्रीमान्-श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घाइते चरिमायालाई सुरुमा उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि उनका कान्छा छोराले भरतपुर अस्पताल लगेका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । स्थानीयकाअनुसार घरको भान्साकोठामा रगत देखिएको थियो ।प्रहरीकाअनुसार घटनास्थलमा रगत लागेको अवस्थामा ढुंगाको लोहोरो, धारिलो हतियार र इँटासमेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली खटिएको छ । शंकरको मृत्यु र चरिमाया घाइते हुनुको कारण तथा घटनाको वास्तविक परिस्थिति अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । आफन्त, स्थानीय र हेटौँडा-८ का वडाध्यक्ष राम थापाको रोहवरमा शंकरको शव हेटौँडा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न (स्विट्जरल्यान्ड) । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको ...

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, […] ...

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...


