हेटौँडामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं।मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार अपराह्न करिब ४:५० बजे हेटौँडा उपमहानगरपालिका-१, सामरीस्थित हेटौँडा-भैँसे सडकखण्डमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका-१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले साँझ ५:१० बजे उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा संलग्न बा.प्र.०१-०३२ च ०१४१ नम्बरको पिकअप, बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]](https://i3.ytimg.com/vi/LXwzpAJbkyk/0.jpg)
शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]
बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । हेरौं यो भिडियो रिपोर्ट : ...

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए । ...
![[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...


