Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार
Photo / Coverage: नेपालन्युज

राँझा (बाँके)। हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ । हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ।” उनका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो । हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए। “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।” सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उहाँले बताए। बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी-५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर विष्टले बताए। नेपालगञ्ज-बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका-६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व-पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उनले बताए। नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् । हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताए। सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति
Latest NewsJust now

हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव

कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। ...

हाम्राकुरा
बगानमै खेर गयो चिया
Latest NewsJust now

बगानमै खेर गयो चिया

सन्तोष सुवेदीधनकुटा, मङ्सिर २ गते । चिया बिक्री नहुँदा धनकुटाका किसानको बगानमै खेर जान थालेको छ । अन्य बाली छोडेर चिया खेतीतर्फ आकर्षित भएका किसान चिया बिक्री नहुँदा भने अहिले समस्... ...

गोरखापत्र
डिप्रेसन कसरी चिन्ने?
Latest NewsJust now

डिप्रेसन कसरी चिन्ने?

मानिसको जीवनमा दुःख, निराशा, तनाव र चिन्ता आउनु स्वाभाविक हो। असफलता, पारिवारिक तथा आर्थिक समस्या, सम्बन्धमा उतारचढाव वा प्रियजन गुमाउँदा केही समय मन खिन्न हुन सक्छ। तर उदासी लामो समयसम्म रहिरहे, दैनिक जीवन प्रभावित हुन थाल्यो र पहिले रुचि लाग्ने काममा समेत मन लाग्न छाड्यो भने त्यो डिप्रेसन अर्थात् अवसादको सङ्केत हुन सक्छ। मानसिक स्वास्थ्यबारे चर्चा बढे पनि डिप्रेसनलाई अझै कतिपयले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play