हुम्लामा छाउपडी प्रथा कायमै

हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका बस्तीमा कायमै रहेको छ । जिल्लाका केही स्थानीय तहका थोरै गाउँहरुमा यसको अन्त्य भएपनि अधिकांश गाउँहरु छाउपडी प्रथा कायमै रहेको छ । यहाँका विभिन्न सरोकारवाला निकायहरुले यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि हट्न सकेको छैन । जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिका लगायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको सुस्वाको सहयोग खार्पुनाथ गाउँपालिका–३ रायामा सडक नाटक सञ्चालन गरेको छ । छाउपडी कुपर्था विरुद्ध सडक नाटक राया गाउँमा सञ्चालन गरेर सम्पन्न भएको छ । नाटकमा यो कुप्रथा आजको सभ्य मानिएको समाजको डरलाग्दो प्रथा रहेको यसलाई मान्नु हुदैन भनी व्याख्या पनि गरिएको थियोे । समाज विकासका अनेकौं अभ्यास पछि पनि हामी यो कमजोरीबाट मुक्त हुन नसकेको र यसलाई चाडो भन्दा चाडो अन्त्य गर्न सबैले लाग्नु पर्ने भनी नाटक मार्फत सचेतना जगनइएको प्रगतिशील युवा क्लब राया कवि बुढाले बताए । नाटकमा छाउपडी कुप्रथा बाट पिडित महिला दिदिबहिनिहरुको पिडा समेटिएको थियो । कर्णाली र सुदुरपश्चिम तिर अझै ब्याप्त रुपमा जिबित रहेको छाउपडी कुप्रथालाई विशुद्ध राजनीति र धार्मिक तहमा मात्र व्याख्या गर्नु हुन्न भन्ने तर्कको नाटकमा बलियो उठान गरिएको थियो । छाउपडी कुप्रथा विरुद्ध छुवाछूतको कुरा उठाउनेलाई जेल हाल्नुपर्छ भन्ने कुरालाई पनि विशेष उठान गरिएको थियो । छाउपडी भएर गोठमा बसेको बेला धामीझाँक्री, मुखिया, अग्रज लगायतले छाउपडी, छुइछिटो मानेको कारण हामिले चुप नलागेर बस्नुका साथै यसका विरुद्ध आवाज उठाउनु पर्छ भनी नाटक द्वारा चेतना दिएको थियो । महिला माथी हुने हिंसा लाई पुलिसमा दर्ता गराई दोसिलाई कार्बाही गरिनु पर्छ अनि मात्र महिला हिंसा गर्नेहरु सुध्रन्छन भनी नाटकले चित्रण गरेको थियो । नाटकमा छाउपडी कुप्रथाको आरक्षणका कारण महिला हिंसा बढेको विषयलाई पनि जोडतोडले नाटकमा ल्याइएको थियो । यसलाई सरकारले सामाजिक अपराधाको रुपामा घोषण गरिसकेको पनि जनाईएको थियो । छाउपडिले छोएको खान हुन्न भन्ने कुरा भ्रम मात्र भएको यसले कसैलाई केही बिगार गर्दैन भनि ब्याख्या पनि गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो । ...

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ
काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौँ महानगरपालिका-१३ कालीमाटी बस्ने ...

एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार
तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ । ...

हेटौँडामा ४२ किलो गाँजासहित दुई जना पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बि .आर. १ ए.पी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहित खटिएको चेकजाँच टोलीले शङ्का लागेर उक्त गाडी ...


