Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

हुन्डीको फैलिँदो भूमिगत सञ्जाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुन्डीको फैलिँदो भूमिगत सञ्जाल
Photo / Coverage: नेपालन्युज

नेपालमा पैसा पठाउन अब बैंकको ढोका ढकढक्याउनैपर्छ भन्ने छैन। विदेशमा बसेको नेपालीले मोबाइलमा एउटा सन्देश पठाउँछ, उताबाट पैसा बुझाउँछ र नेपालमा उसको परिवारले केही घण्टामै नेपाली रुपैयाँ पाउँछ। न विदेशी बैंकबाट नेपालको बैंकमा पैसा आएको देखिन्छ, न विदेशबाट नेपालतर्फ आएको अन्तर्राष्ट्रिय भुक्तानीको सामान्य अभिलेख भेटिन्छ। तर पैसा भने आफ्नो गन्तव्यमा पुगिसकेको हुन्छ। रूस, मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया वा जापानमा काम गर्ने नेपालीले कमाएको रकम नेपालमा परिवारसम्म पुग्ने यो बाटो धेरैका लागि सहज देखिन सक्छ। बैंकिङ प्रक्रियाको झन्झट कम, कारोबार छिटो र कतिपय अवस्थामा औपचारिक माध्यमभन्दा आकर्षक विनिमय दर। पैसा पठाउने र पाउने दुवै पक्ष सन्तुष्ट देखिन्छन्। तर यो सहज कारोबारको पछाडि कस्तो आर्थिक सञ्जाल सञ्चालन भइरहेको छ भन्ने कुरा अधिकांश ग्राहकलाई थाहा नहुन सक्छ। कुनै समय व्यापारीहरूबीच विश्वासका आधारमा कारोबार मिलाउने परम्परागत माध्यमका रूपमा रहेको हुन्डी अहिले नेपालको वित्तीय प्रणालीका लागि गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ। विदेशमा एउटा व्यक्तिले हुन्डी सञ्चालकलाई रकम बुझाउँछ। नेपालमा अर्को व्यक्तिले त्यसको बराबर नेपाली रुपैयाँ परिवारलाई उपलब्ध गराउँछ। दुवै देशबीच प्रत्येक पटक वास्तविक विदेशी मुद्रा पठाउनुपर्दैन। सञ्चालकहरूले आपसी हिसाब मिलाउँछन्। कसैले व्यापारिक भुक्तानीबाट हिसाब मिलाउँछ, कसैले नगद ओसारपसार गर्छ, कसैले बैंक खातामार्फत रकम घुमाउँछ। पछिल्लो समय डिजिटल भुक्तानी प्रणाली र भर्चुअल सम्पत्तिसमेत यस्तो हिसाब मिलाउने माध्यम बन्न थालेका छन्। यसरी पैसा एउटा देशबाट अर्को देशमा पुगेको देखिन्छ, तर त्यसअनुसारको वास्तविक रकम सीमापार गएको हुँदैन। यही हुन्डीको मूल कार्यप्रणाली हो। कुनै समय व्यापारीहरूबीच विश्वासका आधारमा कारोबार मिलाउने परम्परागत माध्यमका रूपमा रहेको हुन्डी अहिले नेपालको वित्तीय प्रणालीका लागि गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ। यो केवल विदेशबाट पैसा पठाउने अनौपचारिक माध्यममा सीमित छैन। वैदेशिक रोजगारीको आम्दानी, बैंक खाता, डिजिटल वालेट, व्यापारिक कम्पनी, नगद कारोबार, सुन तस्करी, कर छली र सम्पत्ति शुद्धीकरणसम्म जोडिने जोखिमपूर्ण वित्तीय सञ्जालका रूपमा यसको स्वरूप विस्तार भइरहेको छ। तथ्याङ्कले नेपालमा हुन्डीबाट हुने कुल कारोबारको आकार देखाउँदैन। तर औपचारिक वित्तीय प्रणालीको निगरानीमा आएका शङ्कास्पद गतिविधिमध्ये हुन्डीको उपस्थिति कति महत्त्वपूर्ण भइसकेको छ भन्नेचाहिँ स्पष्ट पार्छ। यसको पछिल्लो आधिकारिक प्रमाण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदन हो। २०२६ नोभेम्बर २७ मा सार्वजनिक ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२६ : हुन्डी’ले हुन्डीको बदलिँदो स्वरूप, कारोबारका विधि, शङ्कास्पद वित्तीय गतिविधि र अनुसन्धानका चुनौतीलाई विस्तृत रूपमा विश्लेषण गरेको छ। प्रतिवेदनअनुसार, २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म हुन्डीसँग सम्बन्धित एक हजार ६७२ वटा शङ्कास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त भएका छन्। सोही अवधिमा विभिन्न कसुरसँग सम्बन्धित कुल १५ हजार ८१५ वटा प्रतिवेदन प्राप्त भएकामा हुन्डीको हिस्सा १०.५७ प्रतिशत छ। अर्थात् वित्तीय जानकारी इकाइमा पुगेका प्रत्येक १०० शङ्कास्पद प्रतिवेदनमध्ये करिब ११ वटा हुन्डीसँग सम्बन्धित छन्। यो तथ्याङ्कले नेपालमा हुन्डीबाट हुने कुल कारोबारको आकार देखाउँदैन। तर औपचारिक वित्तीय प्रणालीको निगरानीमा आएका शङ्कास्पद गतिविधिमध्ये हुन्डीको उपस्थिति कति महत्त्वपूर्ण भइसकेको छ भन्नेचाहिँ स्पष्ट पार्छ। प्रतिवेदनको अर्को गम्भीर पक्ष के छ भने हुन्डीको कारोबार गर्ने सञ्जालले औपचारिक बैंकिङ प्रणालीलाई नै आफ्नो घरेलु कारोबार सञ्चालन गर्ने माध्यम बनाइरहेको छ। बैंक खातामा पैसा जम्मा गर्ने, विभिन्न व्यक्तिका खातामा रकम बाँड्ने, डिजिटल माध्यमबाट भुक्तानी गर्ने र कम्पनीको कारोबारका रूपमा देखाउने प्रवृत्ति भेटिएको छ। नेपालका लागि यो विषय सामान्य वित्तीय अपराधको प्रश्न मात्र होइन। अर्थतन्त्रको एउटा ठूलो हिस्सा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निर्भर छ। वित्तीय जानकारी इकाइको प्रतिवेदनले हुन्डी परम्परागत व्यापार तथा रेमिट्यान्स कारोबारको अभ्यासबाट अपराधबाट प्राप्त आम्दानी शुद्धीकरण गर्ने माध्यमका रूपमा समेत दुरुपयोग भइरहेको निष्कर्ष निकालेको छ। नेपालका लागि यो विषय सामान्य वित्तीय अपराधको प्रश्न मात्र होइन। अर्थतन्त्रको एउटा ठूलो हिस्सा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निर्भर छ। त्यही विप्रेषण औपचारिक प्रणालीबाहिर परिचालित हुन थालेमा विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणाली, राजस्व, भुक्तानी सन्तुलन र वित्तीय पारदर्शितासम्म प्रभावित हुन सक्छन्। अझ चिन्ताको विषय, हुन्डीको सञ्जालमा संलग्न हुने सबै व्यक्ति एउटै प्रकृतिका छैनन्। कसैले परिवारलाई पैसा पठाउने सामान्य ग्राहकका रूपमा सेवा लिइरहेको हुन सक्छ, कसैले कमिसनका लागि आफ्नो बैंक खाता उपलब्ध गराएको हुन सक्छ भने कसैले करोडौँ रुपैयाँ परिचालन गर्ने सङ्गठित सञ्जाल नै सञ्चालन गरिरहेको हुन सक्छ। यी सबैलाई एउटै डालोमा राखेर हेर्न सकिँदैन। तर यसको पछाडि रहेको वास्तविक वित्तीय सञ्जाल पहिचान गर्न नसक्ने हो भने अपराधको रकम कहाँबाट आयो, कसले परिचालन गर्‍यो र अन्ततः कसको हातमा पुग्यो भन्ने प्रश्न अनुत्तरित रहन्छ। रेमिट्यान्सको समानान्तर बाटो नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान कति ठूलो छ भन्ने बुझ्न नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क पर्याप्त छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३७.१ प्रतिशतको वृद्धि हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ अर्ब १९ करोड डलर पुगेको थियो। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मात्रै सात खर्ब तीन अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २७.२ प्रतिशत बढी हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले बढेर चार अर्ब ६० करोड डलर पुगेको छ। यसले नेपालमा वैदेशिक रोजगारीबाट आउने रकमको आर्थिक महत्त्व थप स्पष्ट पार्छ। तर यही ठूलो वित्तीय प्रवाहभित्रको केही हिस्सा अनौपचारिक माध्यमबाट परिचालित भए त्यसको वास्तविक आकार पत्ता लगाउन कठिन हुन्छ। विदेशमा नेपाली श्रमिकले कमाएको रकम औपचारिक माध्यमबाट नेपाल नआएमा त्यसको विदेशी मुद्रा बैंकिङ प्रणालीमा अभिलेख हुँदैन। विदेशमा रहेको हुन्डी सञ्चालकले प्राप्त गरेको डलर वा अन्य विदेशी मुद्रा त्यहीँ राख्न सक्छ। हुन्डीको एउटा प्रमुख आकर्षण विनिमय दर हो। विदेशमा काम गर्ने नेपालीले औपचारिक रेमिट्यान्स कम्पनीमार्फत पठाउँदा पाउने रकमभन्दा बढी नेपाली रुपैयाँ परिवारले पाउने प्रस्ताव आयो भने उसले हुन्डी रोज्न सक्छ। कतिपय अवस्थामा शुल्क कम हुने, रकम छिटो पुग्ने र स्थानीय एजेन्टमार्फत सजिलै कारोबार हुने भएकाले पनि यसको माग कायम रहन्छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको प्रतिवेदनले विनिमय दरको अन्तर, सहज पहुँच, कम लागत, कारोबारको गति, गोपनीयता र विश्वासमा आधारित सम्बन्धलाई हुन्डीप्रतिको आकर्षणका प्रमुख कारण मानेको छ। तर ग्राहकले पाउने केही हजार रुपैयाँको अतिरिक्त लाभको पछाडि देशले बेहोर्नुपर्ने आर्थिक लागत ठूलो हुन सक्छ। विदेशमा नेपाली श्रमिकले कमाएको रकम औपचारिक माध्यमबाट नेपाल नआएमा त्यसको विदेशी मुद्रा बैंकिङ प्रणालीमा अभिलेख हुँदैन। विदेशमा रहेको हुन्डी सञ्चालकले प्राप्त गरेको डलर वा अन्य विदेशी मुद्रा त्यहीँ राख्न सक्छ। नेपालमा भने उसको साझेदारले स्थानीय नगद वा बैंक खातामा रहेको रकमबाट परिवारलाई भुक्तानी गर्छ। यसरी परिवारले रकम पाए पनि नेपालको औपचारिक वित्तीय प्रणालीमा त्यसको वास्तविक स्रोत र अन्तर्राष्ट्रिय आवागमनको विवरण देखिँदैन। हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरूले विदेशबाट आएको रकम नेपाल पठाउने मात्र होइन, त्यसलाई अन्य व्यापारिक तथा वित्तीय कारोबारसँग जोडेर परिचालन गर्ने क्षमता विकास गरिरहेका छन्। नेपाल राष्ट्र बैंकको प्रतिवेदनले खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, युरोप र रूसलगायतका वैदेशिक रोजगारीका गन्तव्यसँग जोडिएका विप्रेषणलाई हुन्डीको प्रमुख जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ। विशेषगरी रूसमा कार्यरत नेपाली श्रमिकको आम्दानी प्रयोग गरेर नेपाल, रूस र भारतबीच सञ्चालन भएको एउटा ठूलो सञ्जालको अनुसन्धानले यो समस्या कति जटिल हुन सक्छ भन्ने देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, उक्त सञ्जालले करिब एक अर्ब ९९ करोड रुपैयाँ बराबरको अवैध हुन्डी तथा विदेशी विनिमय कारोबार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो। यसमा एउटै परिवारका सदस्यहरूको संलग्नता रहेको अनुसन्धान विवरणमा उल्लेख छ। यस कारोबारमा विदेशमा रहेका नेपाली श्रमिकको कमाइ परिचालन गरिएको र नेपाल तथा भारतका एजेन्टबीच डिजिटल माध्यमबाट समन्वय गरिएको विवरण प्रतिवेदनमा छ। यसको अर्थ हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरूले विदेशबाट आएको रकम नेपाल पठाउने मात्र होइन, त्यसलाई अन्य व्यापारिक तथा वित्तीय कारोबारसँग जोडेर परिचालन गर्ने क्षमता विकास गरिरहेका छन्। वित्तीय जानकारी इकाइले प्राप्त गरेका एक हजार ६७२ वटा शङ्कास्पद प्रतिवेदनमध्ये एक हजार ५०३ वटा वाणिज्य बैंकबाट आएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह बढिरहेको छ। तर हुन्डीबाट कति रकम परिचालित हुन्छ भन्ने राष्ट्रिय अनुमान भने उपलब्ध छैन। वित्तीय जानकारी इकाइको प्रतिवेदनले पनि औपचारिक प्रणालीमा नआएका र पहिचान हुन नसकेका कारोबार आफ्नो अध्ययनमा समेट्न नसकिने स्पष्ट पारेको छ। यसकारण हुन्डीलाई नियन्त्रण गर्ने नीति बनाउँदा विप्रेषण पठाउने सामान्य श्रमिकलाई मात्र दोषी ठहर गर्ने दृष्टिकोण पर्याप्त हुँदैन। औपचारिक रेमिट्यान्स सेवा सस्तो, सहज, विश्वसनीय र प्रतिस्पर्धी बनाउनु पनि उत्तिकै आवश्यक छ। बैंकभित्रै भूमिगत कारोबार हुन्डीको बदलिँदो स्वरूपको सबैभन्दा गम्भीर पक्ष यही हो। यो कारोबार बैंकिङ प्रणालीबाहिरबाट सुरु भए पनि यसको घरेलु भुक्तानी बैंकिङ प्रणालीभित्रै हुन सक्छ। वित्तीय जानकारी इकाइले प्राप्त गरेका एक हजार ६७२ वटा शङ्कास्पद प्रतिवेदनमध्ये एक हजार ५०३ वटा वाणिज्य बैंकबाट आएका छन्। यो कुल हुन्डीसम्बन्धी प्रतिवेदनको ८९.८९ प्रतिशत हो। विकास बैंकबाट १२०, वित्त कम्पनीबाट २८, रेमिट्यान्स कम्पनीबाट १३ र भुक्तानी सेवा प्रदायक तथा सञ्चालकबाट आठवटा प्रतिवेदन प्राप्त भएका छन्। यो तथ्याङ्कलाई वाणिज्य बैंकले नै हुन्डी कारोबार गरेको अर्थमा बुझ्नु हुँदैन। यसको अर्थ बैंकहरूले आफ्ना ग्राहकका खातामा देखिएका शङ्कास्पद गतिविधिबारे सबैभन्दा धेरै सूचना दिएका हुन्। तर यसले अर्को प्रश्न पनि उठाउँछ। बैंकको खातामा जम्मा भएको रकम कहाँबाट आयो, कसले जम्मा गर्‍यो र किन अर्को व्यक्तिको खातामा तत्काल पठाइयो भन्ने कुरा बैंकले कति प्रभावकारी रूपमा पहिचान गर्न सकेका छन्? खाता खोलिएको छोटो समयमै अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार हुनु, विभिन्न व्यक्तिले नगद जम्मा गर्नु र रकम तत्काल अन्य खातामा सारिनुले थप अनुसन्धान आवश्यक बनाउँछ। एफआईयूले विस्तृत अध्ययनका लागि छनोट गरेका २०० वटा शङ्कास्पद प्रतिवेदनमा एउटै प्रकृतिका केही कारोबार पटकपटक देखिएका छन्। एउटै व्यक्तिसँग सम्बन्धित धेरै बैंक खाता, फरकफरक शाखाबाट नगद जम्मा, रकम प्राप्त भएपछि तत्काल अन्य खातामा स्थानान्तरण र खाताधनीको घोषित आम्दानीसँग मेल नखाने कारोबार त्यस्ता प्रमुख सङ्केत हुन्। अध्ययनमा समेटिएका करिब ४० प्रतिशत प्रतिवेदन खाता खोलेको एक वर्षभित्रै दर्ता भएका थिए। तीन चौथाइभन्दा बढी प्रतिवेदनमा २०२२ पछि खोलिएका खाताहरू संलग्न थिए। नयाँ खाता खोल्नु आफैँमा अपराध होइन। तर खाता खोलिएको छोटो समयमै अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार हुनु, विभिन्न व्यक्तिले नगद जम्मा गर्नु र रकम तत्काल अन्य खातामा सारिनुले थप अनुसन्धान आवश्यक बनाउँछ। प्रतिवेदनले एउटा घटनामा ५२ वटा बैंक खाता प्रयोग गरेर एक अर्ब तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गरिएको अनुसन्धान विवरण प्रस्तुत गरेको छ। एउटा अगाडि देखाइएको कम्पनीमार्फत विभिन्न वाणिज्य बैंकमा खाता खोलिएका थिए। ती खातामार्फत विदेशमा नेपाली श्रमिकले कमाएको रकमलाई नेपालभित्रका विभिन्न व्यक्तिसम्म पुर्‍याइएको आरोप छ। यसमा कनेक्टआईपीएसजस्ता डिजिटल भुक्तानी माध्यम प्रयोग गरिएको उल्लेख छ। एउटा खातामा पैसा जम्मा गर्ने, अर्कोमा पठाउने र त्यसपछि तेस्रो खातामार्फत भुक्तानी गर्ने प्रक्रिया अपनाउँदा वास्तविक सञ्चालकसम्म पुग्न अनुसन्धानकर्तालाई कठिन हुन्छ। अर्को घटनामा पर्साका एक व्यक्तिसँग सम्बन्धित शङ्कास्पद कारोबारबारे १७ वटा वित्तीय संस्थाबाट प्रतिवेदन प्राप्त भएको थियो। अनुसन्धानमा ८९ भन्दा बढी व्यक्ति तथा फर्मका खातामा २० करोड रुपैयाँभन्दा बढी जम्मा भएको देखिएको थियो। त्यस्तै, २५ वटा बैंक खातामा १९० जना फरकफरक व्यक्तिले ३२ करोड रुपैयाँभन्दा बढी जम्मा गरेको विवरणसमेत प्रतिवेदनमा छ। उक्त व्यक्तिसँग सम्बन्धित १३ वटा खाताको अध्ययन गर्दा सन् २०२५ जुलाईसम्म ८१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको पाइएको थियो। यी घटनाले एउटा व्यक्तिको बैंक खाता मात्र हेरेर हुन्डीको वास्तविक कारोबार पत्ता लगाउन नसकिने देखाउँछन्। एउटा खातामा पैसा जम्मा गर्ने, अर्कोमा पठाउने र त्यसपछि तेस्रो खातामार्फत भुक्तानी गर्ने प्रक्रिया अपनाउँदा वास्तविक सञ्चालकसम्म पुग्न अनुसन्धानकर्तालाई कठिन हुन्छ। यही कारण एफआईयूले खाताको व्यक्तिगत विवरणसँगै कारोबारको प्रकृति, रकमको स्रोत, खाताधनीको आम्दानी, कारोबार गर्ने व्यक्तिको सम्बन्ध र रकम अन्ततः कसले प्राप्त गर्‍यो भन्ने विषयलाई एकीकृत रूपमा विश्लेषण गर्नुपर्ने सुझाव दिएको छ। साना खातामा ठूलो खेल हुन्डीको कारोबारमा प्रयोग हुने अर्को महत्त्वपूर्ण माध्यम हो, अरूका नाममा खोलिएका वा अरूले सञ्चालन गरेका बैंक खाता। वित्तीय अपराधको भाषामा यस्ता खातालाई ‘मनी म्युल अकाउन्ट’ भनिन्छ। यस्तो खातामा खाताधनी स्वयंले कारोबार गरिरहेको नहुन पनि सक्छ। कसैले कमिसन लिएर आफ्नो खाता प्रयोग गर्न दिएको हुन सक्छ। कसैले खाताको नियन्त्रण नै अरूलाई सुम्पिएको हुन सक्छ। कतिपयले आफ्नो खाताबाट भइरहेको कारोबारको वास्तविक उद्देश्यसमेत नबुझेको हुन सक्छ। एफआईयूको अध्ययनमा हुन्डीसँग सम्बन्धित शङ्कास्पद प्रतिवेदनका व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्। उमेरका आधारमा २५ देखि ३४ वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै अर्थात् ३९ प्रतिशत छन्। ३५ देखि ४४ वर्ष समूहका २६.५ प्रतिशत र १८ देखि २४ वर्ष समूहका १८ प्रतिशत छन्। विद्यार्थी, गृहिणी वा सीमित आम्दानी भएका व्यक्तिका खातामा अस्वाभाविक रूपमा ठूलो कारोबार देखिनु वित्तीय निगरानीका लागि महत्त्वपूर्ण विषय हो। यसले युवा उमेर समूहका मानिसहरूको नाममा रहेका खाताहरू पनि शङ्कास्पद कारोबारमा प्रयोग भइरहेको सङ्केत गर्छ। पेसागत विवरण हेर्दा ५१.५ प्रतिशत व्यवसाय, १३ प्रतिशत तलबमा काम गर्ने, ११ प्रतिशत कृषि, नौ प्रतिशत विद्यार्थी, सात प्रतिशत वैदेशिक रोजगारी र ५.५ प्रतिशत गृहिणी रहेको प्रतिवेदनमा उल्लेख छ। यी तथ्याङ्क २०० वटा नमुनामा आधारित हुन्। यसलाई नेपालमा हुन्डी गर्ने व्यक्तिहरूको समग्र जनसाङ्ख्यिक विवरण मान्न मिल्दैन। त्यस्तै, प्रतिवेदनमा नाम देखिएका सबै व्यक्ति दोषी प्रमाणित भइसकेका पनि होइनन्। तर विद्यार्थी, गृहिणी वा सीमित आम्दानी भएका व्यक्तिका खातामा अस्वाभाविक रूपमा ठूलो कारोबार देखिनु वित्तीय निगरानीका लागि महत्त्वपूर्ण विषय हो। यसले वित्तीय अपराधमा संलग्न मुख्य सञ्चालक र उनीहरूले प्रयोग गर्ने सामान्य खाताधनीबीचको अन्तरसमेत देखाउँछ। एउटा व्यक्तिले आफ्नो खाताबाट पैसा गएको मात्रै थाहा पाएको हुन सक्छ। अर्कोले पैसा आएबापत कमिसन लिएको हुन सक्छ। तर सञ्जालको वास्तविक सञ्चालकले ती खाताहरू प्रयोग गरेर करोडौँ रुपैयाँ परिचालन गरिरहेको हुन सक्छ। बैंक खाता भाडामा दिने, अरूलाई प्रयोग गर्न दिने वा कमिसनका लागि आफ्नो खाताबाट रकम ओसारपसार गर्ने प्रवृत्तिबारे जनचेतना आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। त्यसैले अनुसन्धानमा सबै खाताधनीलाई एउटै प्रकृतिको अभियुक्त ठान्नु न्यायोचित हुँदैन। कसले खाता नियन्त्रण गर्‍यो, कसले रकम जम्मा गर्‍यो, कसले आदेश दियो र कसले लाभ लियो भन्ने प्रमाणले नै व्यक्तिको भूमिका निर्धारण गर्नुपर्छ। एफआईयू–नेपालको प्रतिवेदनले यस्ता खाताहरू पहिचान गर्न ग्राहकको वास्तविक आम्दानी, कारोबारको नियमितता, रकमको स्रोत र खाताको प्रयोगको उद्देश्य जाँच गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यससँगै बैंक खाता भाडामा दिने, अरूलाई प्रयोग गर्न दिने वा कमिसनका लागि आफ्नो खाताबाट रकम ओसारपसार गर्ने प्रवृत्तिबारे जनचेतना आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। सुन तस्करीसँगको कनेक्सन हुन्डीको कारोबारले सबैभन्दा ठूलो वित्तीय जोखिम सिर्जना गर्ने क्षेत्रमध्ये सुन तस्करी पनि एक हो। सुन उच्च मूल्यको वस्तु भएकाले यसको कारोबारमा सीमापार भुक्तानीको ठूलो भूमिका हुन्छ। आयात, भन्सार घोषणा र वास्तविक भुक्तानीबीच अन्तर राखेर कारोबार गरिएमा त्यसको हिसाब अनौपचारिक वित्तीय सञ्जालमार्फत मिलाउन सकिन्छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा पेवेल नेपाल र सजिलो पे नामका दुई भुक्तानी सेवा प्रदायकसँग जोडिएको घटनालाई हुन्डी र सुन तस्करीबीचको सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदनअनुसार, यी दुवै कम्पनीको सञ्चालन अनुमति नेपाल राष्ट्र बैंकले स्थायी रूपमा खारेज गरेको थियो। प्रहरी अनुसन्धानमा सुन तस्करी, हुन्डी र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सञ्जालमा यी कम्पनीका प्रणाली दुरुपयोग भएको विवरण समेटिएको छ। विदेशमा रहेका एजेन्टहरूले संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया र दक्षिण कोरियालगायत मुलुकमा काम गर्ने नेपाली श्रमिकको आम्दानीबाट प्राप्त विदेशी मुद्रा नेपाल पठाउनुको सट्टा विदेशमै राखेर सुन आपूर्तिकर्तालाई भुक्तानी गर्न प्रयोग गरेको आरोप प्रतिवेदनमा उल्लेख छ। अभियोगपत्रमा माग गरिएको रकम अदालतबाट प्रमाणित भएको क्षति वा अन्तिम फैसला भइसकेको रकम होइन। प्रतिवेदनमा उल्लेखित विवरण अनुसन्धान तथा अभियोजनका अभिलेखमा आधारित छन्। नेपालमा भने तस्करीबाट भित्रिएको सुन बिक्री भएपछि प्राप्त नगद स्थानीय एजेन्टहरूले सङ्कलन गरी भुक्तानी सेवा प्रदायकसँग सम्बन्धित बैंक खातामा जम्मा गर्ने गरेको अनुसन्धान विवरणमा उल्लेख छ। यसमा ६०.७ किलोग्राम सुन ब्रेक प्याडभित्र लुकाएर ल्याइएको घटनासँग सम्बन्धित अनुसन्धानसमेत जोडिएको छ। एफआईयूको प्रतिवेदनले यी दुई भुक्तानी सेवा प्रदायकमार्फत १२३ अर्ब रुपैयाँभन्दा बढीका अनधिकृत कारोबार भएको उल्लेख गरेको छ। त्यसमध्ये पेवेलमार्फत करिब ८७ अर्ब १७ करोड र सजिलो पेमार्फत करिब ३६ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको विवरण छ। प्रतिवेदनअनुसार, यी कारोबारमध्ये करिब ९० प्रतिशत सुनसँग सम्बन्धित अवैध गतिविधिसँग जोडिएका थिए। यस प्रकरणमा २०२४ जुलाईमा ४४ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो। तीमध्ये २० जना पक्राउ परेका र २४ जना फरार रहेको विवरण प्रतिवेदनमा छ। अभियोजन पक्षले २६६ अर्ब ६७ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति तथा असुली मागदाबी गरेको थियो। यहाँ एउटा महत्त्वपूर्ण कानुनी भिन्नता बुझ्न आवश्यक छ। अभियोगपत्रमा माग गरिएको रकम अदालतबाट प्रमाणित भएको क्षति वा अन्तिम फैसला भइसकेको रकम होइन। प्रतिवेदनमा उल्लेखित विवरण अनुसन्धान तथा अभियोजनका अभिलेखमा आधारित छन्। मोबाइल फोन, सन्देश आदानप्रदान गर्ने अनुप्रयोग, डिजिटल भुक्तानी प्रणाली र क्रिप्टोकरेन्सीले यसको सञ्चालनलाई थप जटिल बनाएका छन्। तर यो घटनाले हुन्डीको सञ्जालले कसरी वैदेशिक रोजगारीको कमाइ, सुनको अवैध आयात, स्थानीय नगद कारोबार र डिजिटल भुक्तानी प्रणालीलाई एउटै आर्थिक चक्रमा जोड्न सक्छ भन्ने देखाउँछ। सुन विदेशबाट आउँछ, विदेशी मुद्रा विदेशमै भुक्तानी हुन्छ, नेपालमा सुन बिक्रीबाट नगद सङ्कलन हुन्छ र उक्त रकम बैंक तथा भुक्तानी प्रणालीमार्फत परिचालित हुन्छ। यस्तो कारोबारमा प्रत्येक पक्षको हिसाब अलगअलग हेर्दा सामान्य देखिन सक्छ। तर समग्र वित्तीय प्रवाह जोडेर हेर्दा यसको वास्तविक स्वरूप खुल्न सक्छ। यसले भुक्तानी सेवा प्रदायकको नियमन र निगरानी कति महत्त्वपूर्ण छ भन्ने पनि देखाएको छ। डिजिटल प्रविधिको नयाँ जालो कुनै समय हुन्डीको कारोबार सञ्चालकहरूबीचको विश्वास, व्यक्तिगत सम्पर्क र नगदमा आधारित हुन्थ्यो। अहिले यसको कार्यशैली बदलिएको छ। मोबाइल फोन, सन्देश आदानप्रदान गर्ने अनुप्रयोग, डिजिटल भुक्तानी प्रणाली र क्रिप्टोकरेन्सीले यसको सञ्चालनलाई थप जटिल बनाएका छन्। एफआईयूको प्रतिवेदनमा रूसमा कार्यरत नेपाली श्रमिकको आम्दानीलाई आधार बनाएर नेपाल, रूस र भारतबीच सञ्चालन भएको करिब एक अर्ब ९९ करोड रुपैयाँको कारोबारबारे विस्तृत विवरण दिइएको छ। यस घटनाको सबैभन्दा रोचक पक्ष रकम पठाउने तरिका हो। अनुसन्धानमा संलग्न व्यक्तिहरूले नेपाली तथा भारतीय नोटका तस्बिर खिचेर तिनमा लेखिएका क्रमसङ्ख्यालाई भुक्तानी प्रमाणीकरणको सङ्केतका रूपमा प्रयोग गरेको विवरण प्रतिवेदनमा छ। ती तस्बिर ह्वाट्सएपमार्फत एकअर्कालाई पठाइन्थ्यो। यसबाट नेपाल र भारतमा रहेका एजेन्टबीच रकम बुझाइएको वा भुक्तानी भएको पुष्टि गरिन्थ्यो। चितवन र काठमाडौंमा घरजग्गा तथा ३० भन्दा बढी कम्पनीका सेयरसँग सम्बन्धित लगानीको विवरण अनुसन्धानमा भेटिएको उल्लेख छ। यसले हुन्डीको कारोबार नगद ओसारपसारमा मात्र सीमित नरहेको देखाउँछ। अर्थात् वास्तविक विदेशी मुद्रा बैंकमार्फत नेपाल नआए पनि मोबाइलमा पठाइएको नोटको तस्बिर र त्यसको क्रमसङ्ख्याले कारोबारको प्रमाणीकरण गर्ने काम गर्थ्यो। यसका अतिरिक्त बैंक भौचरमा ऋण वा ऋण फिर्ता भनेर उल्लेख गर्ने, परिवारका सदस्यका नाममा रहेका कम्पनीलाई व्यावसायिक कारोबारको आवरण बनाउने र स्थानीय व्यापारी तथा सहकारीमार्फत रकम परिचालन गर्ने गरेको अनुसन्धान विवरणमा छ। प्रतिवेदनले उक्त कारोबारबाट प्राप्त रकम घरजग्गा, मुद्दती निक्षेप र सेयरमा लगानी गरिएको विवरणसमेत प्रस्तुत गरेको छ। चितवन र काठमाडौंमा घरजग्गा तथा ३० भन्दा बढी कम्पनीका सेयरसँग सम्बन्धित लगानीको विवरण अनुसन्धानमा भेटिएको उल्लेख छ। यसले हुन्डीको कारोबार नगद ओसारपसारमा मात्र सीमित नरहेको देखाउँछ। पैसा परिचालन गर्ने, त्यसको स्रोत लुकाउने र पछि वैध सम्पत्तिका रूपमा स्थापित गर्ने प्रक्रिया पनि यससँग जोडिन सक्छ। अर्को चुनौती भर्चुअल सम्पत्तिको प्रयोग हो। एफआईयूले विशेषगरी अमेरिकी डलरसँग मूल्य स्थिर राख्ने उद्देश्यले जारी गरिएका स्टेबलक्वाइनमध्ये यूएसडीटीको प्रयोगबाट हुन्डीको हिसाब मिलाउने प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ। यस प्रणालीमा एउटा देशमा रहेको सञ्चालकले अर्को देशको सञ्चालकसँगको आर्थिक दायित्व क्रिप्टोकरेन्सीमार्फत मिलाउन सक्छ। परम्परागत रूपमा नगद वा वस्तुको माध्यमबाट गरिने हिसाब मिलाउने काम डिजिटल सम्पत्तिले गर्न थालेको छ। अनुसन्धानमा क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवासँग सम्बन्धित गतिविधिसमेत पहिचान गरिएको थियो। यहाँ पनि सबै क्रिप्टोकरेन्सी कारोबारलाई हुन्डी वा अपराधसँग जोडेर हेर्न मिल्दैन। प्रतिवेदनमा अर्को घटनाको पनि उल्लेख छ, जहाँ अनुसन्धानका क्रममा दुईवटा डिजिटल हिसाबकिताबमा क्रमशः एक अर्ब ९८ करोड ५० लाख र दुई करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरका कारोबार विवरण भेटिएका थिए। अनुसन्धानमा क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवासँग सम्बन्धित गतिविधिसमेत पहिचान गरिएको थियो। यहाँ पनि सबै क्रिप्टोकरेन्सी कारोबारलाई हुन्डी वा अपराधसँग जोडेर हेर्न मिल्दैन। तर प्रतिबन्धित वा अनधिकृत वित्तीय गतिविधिमा भर्चुअल सम्पत्तिको प्रयोग हुन थालेपछि त्यसलाई पहिचान र अनुसन्धान गर्ने सरकारी क्षमता पनि विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ। एफआईयू–नेपालले प्रविधिको प्रयोग बढ्दै जाँदा बैंक खाताको कारोबार मात्र हेरेर वित्तीय अपराध पत्ता लगाउन नसकिने निष्कर्ष निकालेको छ। मोबाइलमा भएका सन्देश, डिजिटल भुक्तानीको विवरण, बैंक खाताको स्वामित्व, कम्पनीका कागजात र सम्पत्ति खरिदको अभिलेखलाई एकअर्कासँग जोडेर अनुसन्धान गर्नुपर्ने प्रतिवेदनको सुझाव छ। प्रविधिले वित्तीय कारोबारलाई सहज बनाएको छ। तर त्यही प्रविधि प्रयोग गरेर कारोबारको वास्तविक स्रोत र लाभग्राही लुकाउने प्रयास पनि भइरहेको छ। सीमादेखि सम्पत्तिसम्मको सञ्जाल नेपालको भारतसँगको खुला सीमा हुन्डीको कारोबारमा प्रयोग हुने अर्को महत्त्वपूर्ण भौगोलिक क्षेत्र हो। नेपाल र भारतबीच दैनिक रूपमा हुने व्यापार, पारिवारिक आवतजावत, रोजगारी र सामाजिक सम्बन्ध अत्यन्तै व्यापक छन्। यसै कारण सीमापार नगद कारोबारलाई पूर्ण रूपमा निगरानी गर्नु चुनौतीपूर्ण छ। एफआईयूले भारतसँगको सीमालाई हुन्डीको कारोबारमा रकम मिलाउने महत्त्वपूर्ण मार्गका रूपमा पहिचान गरेको छ। भारतको रक्सौलबाट नेपाली रुपैयाँ नेपाल भित्र्याउने, विभिन्न बैंक खातामा जम्मा गर्ने र अन्य व्यक्तिका खातामार्फत परिचालन गर्ने घटनासमेत प्रतिवेदनमा उल्लेख छ। सीमावर्ती क्षेत्रमा हुने वैध व्यापार र आर्थिक गतिविधि पनि ठूलो छ। तर नगदको स्रोत, कारोबारको उद्देश्य र बैंक खातामा जम्मा भएपछि त्यसको गन्तव्यबारे स्पष्ट विवरण नहुँदा वित्तीय जोखिम बढ्छ। वीरगन्जमा पक्राउ परेका एक व्यक्तिसँग सम्बन्धित घटनामा दुई अर्ब ४१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शङ्कास्पद हुन्डी कारोबार भएको अनुसन्धान विवरण छ। उक्त रकम भारतबाट नेपाल ल्याएर विभिन्न बैंक खातामा जम्मा गरिएको र त्यसपछि अन्य व्यक्तिका खातामार्फत परिचालन गरिएको आरोप थियो। प्रतिवेदन तयार हुँदाको समयमा उक्त अभियुक्त पुर्पक्षका लागि थुनामा रहेको विवरण उल्लेख छ। सीमामा नगद बोकेर आउने सबै व्यक्ति वा व्यवसायलाई अपराधी मान्न सकिँदैन। सीमावर्ती क्षेत्रमा हुने वैध व्यापार र आर्थिक गतिविधि पनि ठूलो छ। तर नगदको स्रोत, कारोबारको उद्देश्य र बैंक खातामा जम्मा भएपछि त्यसको गन्तव्यबारे स्पष्ट विवरण नहुँदा वित्तीय जोखिम बढ्छ। हुन्डीको सञ्जालमा अगाडि देखिने कम्पनीको प्रयोग पनि यही जोखिमको अर्को पाटो हो। एफआईयूको प्रतिवेदनले शङ्कास्पद कारोबारसँग जोडिएका फर्ममध्ये ४३ प्रतिशत खुद्रा व्यापार गर्ने र ४१.५ प्रतिशत रेमिट्यान्सका उपएजेन्ट व्यवसाय रहेको उल्लेख गरेको छ। दुवै समूह जोड्दा ८४.५ प्रतिशत हुन्छ। यसको अर्थ नेपालका ८४.५ प्रतिशत खुद्रा व्यापारी वा रेमिट्यान्स एजेन्ट हुन्डीमा संलग्न छन् भन्ने होइन। यो अध्ययनमा छनोट गरिएका शङ्कास्पद प्रतिवेदनसँग जोडिएका फर्महरूको वर्गीकरण मात्र हो। अनुसन्धानमा धेरै शङ्कास्पद कम्पनी र १७ वटा वित्तीय संस्थामा रहेका २१ वटा बैंक खाता प्रयोग भएको पाइएको थियो। मुख्य शङ्कास्पद व्यक्तिसँग सम्बन्धित खातामा दुई अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम जम्मा र त्यति नै हाराहारीमा निकासी भएको विवरण छ। व्यापारिक कम्पनीले सामान बिक्री गर्छ, ग्राहकबाट पैसा लिन्छ र आपूर्तिकर्तालाई भुक्तानी गर्छ। रेमिट्यान्स उपएजेन्टले विदेशबाट आएको रकम नेपालमा प्राप्तकर्तालाई उपलब्ध गराउँछ। यी सबै वैध आर्थिक गतिविधि हुन्। तर वास्तविक व्यापारिक कारोबार नभएको कम्पनीको नाममा ठूलो रकम जम्मा हुने वा कम्पनीको घोषित व्यवसायसँग मेल नखाने कारोबार हुने हो भने त्यसको अनुसन्धान आवश्यक हुन्छ। प्रतिवेदनमा सुनसरीको हरिनगर क्षेत्रमा सञ्चालन भएको एउटा सञ्जालको विवरण पनि समेटिएको छ। अनुसन्धानमा धेरै शङ्कास्पद कम्पनी र १७ वटा वित्तीय संस्थामा रहेका २१ वटा बैंक खाता प्रयोग भएको पाइएको थियो। मुख्य शङ्कास्पद व्यक्तिसँग सम्बन्धित खातामा दुई अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम जम्मा र त्यति नै हाराहारीमा निकासी भएको विवरण छ। उक्त सञ्जालले विभिन्न व्यक्तिबाट नगद सङ्कलन गरी नेपालभित्रका फरकफरक खातामा रकम स्थानान्तरण गरेको र भारत तथा मलेसियामा रहेका एजेन्टसँग सम्भावित सम्बन्ध रहेको अनुसन्धान विवरणमा उल्लेख छ। अनुसन्धानका क्रममा सुनसरीमा रहेका जग्गासमेत पहिचान गरी रोक्का गरिएको थियो। उक्त मुद्दा सुनसरी जिल्ला अदालतमा दायर भएको प्रतिवेदनमा उल्लेख छ। भन्सार घोषणा, सामानको वास्तविक मूल्य, आपूर्तिकर्तालाई गरिएको भुक्तानी र बैंकिङ प्रणालीमा देखिएको रकमबीच तालमेल नहुँदा त्यसले व्यापारिक अभिलेख र विदेशी मुद्रा परिचालन दुवैलाई प्रभावित गर्न सक्छ। यस्ता घटनाले कम्पनी दर्ता हुनु, प्यान नम्बर लिनु वा बैंक खाता सञ्चालन गर्नु मात्रै कारोबार वैध भएको प्रमाण होइन भन्ने देखाउँछन्। कम्पनीले वास्तवमै कस्तो व्यवसाय गर्छ, त्यसको आम्दानी कति छ, कारोबार गर्ने ग्राहक तथा आपूर्तिकर्ता को हुन् र बैंकमा आएको रकमको आर्थिक आधार के हो भन्ने विषय महत्त्वपूर्ण हुन्छ। भन्सार र कर प्रणालीसँग जोडिने हुन्डीको अर्को स्वरूप आयातको वास्तविक मूल्य लुकाउनु हो। विदेशबाट सामान आयात गर्दा भन्सारमा कम मूल्य घोषणा गर्ने र वास्तविक रकमको बाँकी हिस्सा अनौपचारिक माध्यमबाट तिर्ने प्रवृत्तिले भन्सार महसुल र कर छलीको जोखिम बढाउँछ। यसलाई सामान्य व्यापारिक भुक्तानीको विषय भनेर मात्र हेर्न मिल्दैन। भन्सार घोषणा, सामानको वास्तविक मूल्य, आपूर्तिकर्तालाई गरिएको भुक्तानी र बैंकिङ प्रणालीमा देखिएको रकमबीच तालमेल नहुँदा त्यसले व्यापारिक अभिलेख र विदेशी मुद्रा परिचालन दुवैलाई प्रभावित गर्न सक्छ। यसको पहिचान गर्न भन्सार विभाग, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ र प्रहरीबीच समन्वय आवश्यक छ। कानुन कडा, कार्यान्वयन कमजोर नेपालमा हुन्डी गैरकानुनी हो। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क ले कानुनले मान्यता नदिएको व्यक्ति, उपकरण वा माध्यम प्रयोग गरेर नेपाल र विदेशी मुलुकबीच व्यवसायका रूपमा रकम वा मूल्य स्थानान्तरण, भुक्तानी वा हिसाब मिलाउने कार्यलाई निषेध गरेको छ। यस कसुरमा कारोबारमा संलग्न रकम जफत हुनुका साथै एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले पनि विदेशी विनिमय कारोबारलाई नियमन गर्छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र सम्बन्धित अनुमति प्राप्त सेवा प्रदायकमार्फत मात्रै कानुनअनुसार विदेशी विनिमय कारोबार गर्न पाइन्छ। वित्तीय जानकारी इकाइले अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को सिफारिस नम्बर १४ लाई समेत आधार बनाएर हुन्डीको जोखिम विश्लेषण गरेको छ। हुन्डी नियन्त्रणमा अर्को महत्त्वपूर्ण कानुनी परिवर्तन २०२५ जनवरी २ मा भयो। नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै हुन्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत सम्बद्ध कसुरका रूपमा छुट्टै सूचीकृत गर्‍यो। यसपछि हुन्डीलाई छुट्टै सूचकका रूपमा राखेर शङ्कास्पद कारोबार प्रतिवेदन सङ्कलन तथा विश्लेषण गर्न थालियो। यसअघि यस्ता गतिविधि अन्य मुद्रा वा बैंकिङ कारोबारसम्बन्धी सूचकभित्र समेटिने गरेका थिए। वित्तीय जानकारी इकाइका प्रमुख बासुदेव भट्टराईले प्रतिवेदनको भूमिकामा वित्तीय अपराधका विधि र प्रवृत्ति थप जटिल तथा अनुकूलनशील हुँदै गएको उल्लेख गरेका छन्। उनका अनुसार वित्तीय जानकारी इकाइहरूले परम्परागत सूचना सङ्कलन र विश्लेषणसँगै रणनीतिक सूचनालाई प्राथमिकता दिन थालेका छन्। प्रतिवेदनमा भनिएको छ, “हुन्डी ऐतिहासिक रूपमा नेपालको अनौपचारिक अर्थतन्त्रको एउटा प्रमुख हिस्सा रहँदै आएको छ। तर पछिल्लो समय कानुनी प्रावधान छल्न र सम्पत्ति शुद्धीकरणलाई सहज बनाउन यसको दुरुपयोग बढ्दै गएको छ।” कानुन बनेपछि अपराध नियन्त्रणमा सहजता आउनुपर्ने हो। तर कानुनी व्यवस्था हुनु र अपराध नियन्त्रण हुनु फरक विषय हुन्। विदेशमा रहेको एजेन्ट, नेपालमा रहेको सञ्चालक र तेस्रो देशमा रहेको व्यापारिक साझेदारबीच कारोबार हुँदा अनुसन्धानका लागि विभिन्न देशका वित्तीय अभिलेख आवश्यक पर्छन्। वित्तीय जानकारी इकाइले अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को सिफारिस नम्बर १४ लाई समेत आधार बनाएर हुन्डीको जोखिम विश्लेषण गरेको छ। उक्त सिफारिसले मुद्रा वा मूल्य स्थानान्तरण गर्ने सेवा प्रदायकको इजाजत, दर्ता, निगरानी र कारबाहीसम्बन्धी व्यवस्था गर्नुपर्ने उल्लेख गर्छ। नेपालले भने इजाजतविहीन हुन्डी सञ्चालनलाई नै अपराधीकरण गरेको छ। यस्तो व्यवस्था प्रभावकारी हुन अनधिकृत सञ्चालक पहिचान गर्ने, उनीहरूमाथि कारबाही गर्ने र सर्वसाधारणका लागि औपचारिक वित्तीय सेवा सहज तथा सस्तो बनाउने काम एकसाथ हुनुपर्ने प्रतिवेदनको निष्कर्ष छ। नेपालको अर्को चुनौती अन्तर्राष्ट्रिय कारोबारसँग सम्बन्धित छ। विदेशमा रहेको एजेन्ट, नेपालमा रहेको सञ्चालक र तेस्रो देशमा रहेको व्यापारिक साझेदारबीच कारोबार हुँदा अनुसन्धानका लागि विभिन्न देशका वित्तीय अभिलेख आवश्यक पर्छन्। यसका लागि नेपालले अन्य मुलुकका वित्तीय जानकारी इकाइसँग सहकार्य गर्नुपर्ने हुन्छ। प्रतिवेदनले भारत, खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान र रूससँग वित्तीय सूचना आदानप्रदानलाई प्राथमिकतामा राखेको छ। नेपालको वित्तीय जानकारी इकाइले इग्मन्ट सुरक्षित सञ्जालमार्फत अन्तर्राष्ट्रिय वित्तीय जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ। साथै, प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागमा पठाइएका वित्तीय सूचनाको अनुसन्धान तथा कारबाहीको नतिजासमेत अनुगमन गर्ने योजना प्रतिवेदनमा छ। रकमको स्रोत पत्ता लगाउने काम बैंकले गर्छ, अन्तर्राष्ट्रिय कारोबारको सूचना वित्तीय जानकारी इकाइले विश्लेषण गर्छ, अपराधको अनुसन्धान प्रहरीले गर्छ र सम्पत्ति शुद्धीकरण तथा राजस्वसम्बन्धी पक्षमा अन्य निकायको भूमिका हुन्छ। यसले अनुसन्धानको जिम्मेवारी एउटा निकायमा सीमित राखेर हुन्डी नियन्त्रण गर्न नसकिने देखाउँछ। रकमको स्रोत पत्ता लगाउने काम बैंकले गर्छ, अन्तर्राष्ट्रिय कारोबारको सूचना वित्तीय जानकारी इकाइले विश्लेषण गर्छ, अपराधको अनुसन्धान प्रहरीले गर्छ र सम्पत्ति शुद्धीकरण तथा राजस्वसम्बन्धी पक्षमा अन्य निकायको भूमिका हुन्छ। यी सबै निकायबीच सूचना र प्रमाणको आदानप्रदान प्रभावकारी हुन नसके हुन्डीको सञ्जालमा संलग्न मुख्य सञ्चालकभन्दा साना खाताधनी र रकम ओसारपसार गर्ने व्यक्ति मात्र कारबाहीमा पर्ने जोखिम रहन्छ। अनुसन्धान बढ्यो, सञ्जाल कति घट्यो? नेपाल प्रहरीले पछिल्ला पाँच आर्थिक वर्षमा हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु गरेको छ। तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दामा अन्तिम फैसला भएको वित्तीय जानकारी इकाइको प्रतिवेदनमा उल्लेख छ। यी मुद्दासँग ३३१ जना व्यक्ति जोडिएका छन्। अनुसन्धानको सङ्ख्या हेर्दा हुन्डी नियन्त्रणमा प्रहरीको सक्रियता बढेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान सुरु भएकामा २०७९/८० मा २७, २०८०/८१ मा ३३ र २०८१/८२ मा ६० वटा पुगेका थिए। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म थप ५९ वटा अनुसन्धान सुरु भएको प्रतिवेदनमा उल्लेख छ। पाँच वर्षको अवधिमा हुन्डीसम्बन्धी मुद्दामा तीन अर्ब ८७ करोड दुई लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। तीन अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको, १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरिएको र दुई अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति अन्तिम रूपमा जफत भएको विवरण प्रतिवेदनमा छ। आर्थिक वर्ष २०७८/७९ मा १४ वटा अन्तिम फैसलासँग २६ जना व्यक्ति जोडिएका थिए। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ३० वटा अन्तिम फैसलासँग १०६ जना व्यक्ति जोडिएको प्रतिवेदनमा उल्लेख छ। यी रकम फरकफरक कानुनी अवस्थाका हुन्। बिगो मागदाबी गरिएको रकम, अनुसन्धानका क्रममा जफत गरिएको रकम, रोक्का गरिएको सम्पत्ति र अदालतको प्रक्रियाबाट अन्तिम रूपमा जफत भएको रकमलाई एउटै अर्थमा बुझ्न मिल्दैन। तर कारबाहीको तथ्याङ्कले हुन्डीको कारोबार व्यक्तिगत तहमा मात्र सीमित नरहेको सङ्केत गर्छ। आर्थिक वर्ष २०७८/७९ मा १४ वटा अन्तिम फैसलासँग २६ जना व्यक्ति जोडिएका थिए। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ३० वटा अन्तिम फैसलासँग १०६ जना व्यक्ति जोडिएको प्रतिवेदनमा उल्लेख छ। यसरी प्रतिमुद्दा संलग्न व्यक्तिको औसत सङ्ख्या करिब १.९ बाट बढेर ३.५ पुगेको छ। एफआईयू–नेपालको प्रतिवेदनले यसलाई एकभन्दा बढी सञ्चालक, बिचौलिया र रकम ओसारपसार गर्ने व्यक्ति संलग्न हुने सञ्जालगत कारोबारको सङ्केतका रूपमा विश्लेषण गरेको छ। तर धेरै व्यक्ति मुद्दामा जोडिँदैमा सञ्जालको मुख्य सञ्चालक पक्राउ परेको वा अपराधको सम्पूर्ण संरचना ध्वस्त भएको प्रमाणित हुँदैन। अनुसन्धानको वास्तविक सफलता मुख्य सञ्चालक पहिचान, सम्पत्तिको स्रोत पत्ता लगाउने क्षमता र अपराधबाट प्राप्त लाभ नियन्त्रण गर्न सक्ने अवस्थामा निर्भर हुन्छ। भौगोलिक विवरणले पनि हुन्डीको जोखिम कहाँ केन्द्रित छ भन्ने देखाउँछ। अध्ययनमा छनोट गरिएका शङ्कास्पद व्यक्तिको ठेगानामध्ये मधेश प्रदेशको हिस्सा करिब ५३ प्रतिशत छ। कोशी प्रदेशको १६ प्रतिशत, लुम्बिनीको १२.५ प्रतिशत, बागमतीको ८.५ प्रतिशत र गण्डकीको सात प्रतिशत छ। कर्णाली र सुदूरपश्चिमको हिस्सा १.५ प्रतिशतका दरले छ। वित्तीय जानकारी इकाइले आफ्ना आगामी प्राथमिकतामा हुन्डीसम्बन्धी छुट्टाछुट्टै सूचक विकास गर्ने, शङ्कास्पद कारोबारको गुणस्तरीय विवरण सङ्कलन गर्ने र बैंक तथा वित्तीय संस्थालाई नियमित पृष्ठपोषण दिने योजना राखेको छ। जिल्लागत रूपमा सिरहाको १०.५ प्रतिशत, सप्तरीको १० प्रतिशत, सुनसरीको नौ प्रतिशत, धनुषाको आठ प्रतिशत र महोत्तरीको ७.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सीमावर्ती क्षेत्र, वैदेशिक रोजगारीमा जाने जनशक्तिको बसोबास र नगदमा आधारित व्यापारिक गतिविधि यसका सम्भावित कारणका रूपमा प्रतिवेदनले चर्चा गरेको छ। तर यी तथ्याङ्क शङ्कास्पद प्रतिवेदनमा अभिलेख गरिएका व्यक्तिको ठेगानामा आधारित हुन्। यसले कुनै जिल्ला वा समुदायका मानिस हुन्डीमा संलग्न छन् भन्ने प्रमाणित गर्दैन। वास्तविक कारोबार हुने स्थान र बैंकमा दर्ता भएको ठेगाना फरक हुन सक्ने भएकाले यसलाई राष्ट्रिय स्तरको हुन्डी नक्सा मान्न पनि मिल्दैन। अबको चुनौती अनुसन्धानको सङ्ख्या बढाउनु मात्र होइन, आर्थिक अपराधमा संलग्न वास्तविक सञ्जाल पहिचान गर्नु हो। वित्तीय जानकारी इकाइले आफ्ना आगामी प्राथमिकतामा हुन्डीसम्बन्धी छुट्टाछुट्टै सूचक विकास गर्ने, शङ्कास्पद कारोबारको गुणस्तरीय विवरण सङ्कलन गर्ने र बैंक तथा वित्तीय संस्थालाई नियमित पृष्ठपोषण दिने योजना राखेको छ। कृत्रिम बौद्धिकता र स्वचालित कारोबार निगरानी प्रणाली प्रयोग गरी शङ्कास्पद गतिविधि पहिचान गर्ने सुझाव दिइएको छ। तर असामान्य कारोबार देखिनु मात्रै अपराधको प्रमाण होइन। प्रविधिले देखाएका सङ्केतलाई अनुसन्धान र प्रमाणले पुष्टि गर्नुपर्छ। गोएएमएल प्रणालीमा विप्रेषण अन्यत्र मोड्ने कारोबार, व्यापारिक भुक्तानी, भर्चुअल सम्पत्ति, नगद ओसारपसार र अरूका बैंक खाता प्रयोग गर्ने सञ्जाललाई छुट्टाछुट्टै वर्गीकरण गर्ने प्रस्तावसमेत छ। यसका अतिरिक्त कृत्रिम बौद्धिकता र स्वचालित कारोबार निगरानी प्रणाली प्रयोग गरी शङ्कास्पद गतिविधि पहिचान गर्ने सुझाव दिइएको छ। तर असामान्य कारोबार देखिनु मात्रै अपराधको प्रमाण होइन। प्रविधिले देखाएका सङ्केतलाई अनुसन्धान र प्रमाणले पुष्टि गर्नुपर्छ। बासुदेव भट्टराईको नेतृत्वमा रहेको वित्तीय जानकारी इकाइले प्रतिवेदनको निष्कर्षमा हुन्डी अहिले सङ्गठित, सीमापार र डिजिटल रूपमा समन्वित बन्दै गएको उल्लेख गरेको छ। प्रतिवेदनको स्पष्ट सन्देश छ, “प्रतिबन्ध मात्रले हुन्डीबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न सम्भव हुने छैन।” यो निष्कर्ष नेपालको वित्तीय नीतिका लागि महत्त्वपूर्ण छ। हुन्डी नियन्त्रण गर्न बैंकमा खाता खोल्ने व्यक्तिमाथि निगरानी बढाएर मात्र पुग्दैन। विदेशमा काम गर्ने नेपालीले सहज रूपमा पैसा पठाउन पाउनुपर्छ। रेमिट्यान्स कम्पनीबीच प्रतिस्पर्धा हुनुपर्छ। विदेशी विनिमयको कानुनी पहुँच व्यावहारिक हुनुपर्छ। व्यापारिक भुक्तानीमा अनावश्यक जटिलता घटाउनुपर्छ। एक हजार ६७२ वटा शङ्कास्पद प्रतिवेदनले देशभित्र परिचालित कुल हुन्डी रकमको आकार बताउँदैनन्। पाँच वर्षमा जफत भएको दुई अर्ब ७३ करोड ६२ लाख रुपैयाँले पनि हुन्डीको सम्पूर्ण आर्थिक प्रभाव मापन गर्दैन। अर्कोतर्फ, हुन्डीको नाममा परिचालित रकमबाट सुन तस्करी, कर छली, अवैध पुँजी पलायन र सम्पत्ति शुद्धीकरण भइरहेको छ भने त्यसको अनुसन्धान पनि उत्तिकै प्रभावकारी हुनुपर्छ। अन्ततः नेपालले दुईवटा चुनौती एकसाथ सामना गर्नुपर्नेछ। एउटा, सामान्य नागरिक र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई औपचारिक वित्तीय प्रणालीप्रति आकर्षित गर्ने। अर्को, त्यसै प्रणालीको कमजोरी उपयोग गरेर अवैध रकम परिचालन गर्ने सङ्गठित सञ्जाललाई नियन्त्रण गर्ने। नेपाल राष्ट्र बैंकको अध्ययनले समस्या कति जटिल बन्दै गएको छ भन्ने पहिलो आधिकारिक विस्तृत चित्र प्रस्तुत गरेको छ। तर यसले हुन्डीको कुल कारोबार कति छ भन्ने प्रश्नको उत्तर दिएको छैन। एक हजार ६७२ वटा शङ्कास्पद प्रतिवेदनले देशभित्र परिचालित कुल हुन्डी रकमको आकार बताउँदैनन्। पाँच वर्षमा जफत भएको दुई अर्ब ७३ करोड ६२ लाख रुपैयाँले पनि हुन्डीको सम्पूर्ण आर्थिक प्रभाव मापन गर्दैन। यसका लागि सरकारले औपचारिक रेमिट्यान्सको लागत, अनौपचारिक माध्यमबाट हुने रकमको सम्भावित प्रवाह, विदेशी विनिमयको माग, व्यापारिक कारोबार र अनुसन्धानको नतिजालाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ। हुन्डीको वास्तविक चुनौती पैसाको भौतिक आवागमनभन्दा पनि त्यसको मूल्य, स्रोत र स्वामित्वको पहिचानमा छ। पैसा विदेशमा रहन सक्छ, नेपालमा त्यसको बराबर रकम अर्को व्यक्तिले भुक्तानी गर्न सक्छ र त्यसपछि त्यही रकम बैंक, कम्पनी, घरजग्गा वा सेयर बजारसम्म पुग्न सक्छ। श्रमिकले विदेशमा पसिना बगाएर कमाएको रकम औपचारिक वित्तीय प्रणालीमा नआएर अपारदर्शी सञ्जालको हिस्सा बन्न थाल्यो भने त्यसको असर परिवारको आम्दानीमा मात्र सीमित रहँदैन। यसको नियन्त्रणका लागि पैसाको एउटा कारोबार होइन, त्यसको सम्पूर्ण यात्रा पहिचान गर्न सक्नुपर्छ। नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान बढिरहेको छ। तर श्रमिकले विदेशमा पसिना बगाएर कमाएको रकम औपचारिक वित्तीय प्रणालीमा नआएर अपारदर्शी सञ्जालको हिस्सा बन्न थाल्यो भने त्यसको असर परिवारको आम्दानीमा मात्र सीमित रहँदैन। यसले राष्ट्रिय अर्थतन्त्रको पारदर्शिता र वित्तीय विश्वसनीयतामाथि नै प्रश्न उठाउँछ। अब सरकारको परीक्षा हुन्डीका कति खाता बन्द भए भन्नेमा होइन, पैसाको वास्तविक मालिक र त्यसको गन्तव्यसम्म राज्य पुग्न सक्छ कि सक्दैन भन्नेमा हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : सहयोग–सम्बन्ध विस्तार
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : सहयोग–सम्बन्ध विस्तार

काठमाडौँ, मंसिर १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमण ऐतिहासिक, बहुआयामिक एवम् उपलब्धिमूलक रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले २०८३ मङ्... ...

गोरखापत्र
१५ करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ
Latest NewsJust now

१५ करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ। तीन किलो लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। दुई दिनअघि प्रहरीले ठमेलको एक होटलबाट कोरियाली र भारतीय नागरिकलाई कोकिनसहित पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार पक्राउ पर्नेमा ८७ वर्षीय कोरियाली नागरिक सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तेम वागमारे रहेका छन्। उनीहरुलाई काठमाडौँ-१७ ठमेलस्थित जीपीरोडको एक होटलबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी ...

नेपालन्युज
काइफेङ ब्रान्ड भित्र्याउँदै दुगड ग्रुप, ईभीका तीन मोडल सार्वजनिक हुँदै
Latest NewsJust now

काइफेङ ब्रान्ड भित्र्याउँदै दुगड ग्रुप, ईभीका तीन मोडल सार्वजनिक हुँदै

एमभी दुगड ग्रुपले नयाँ ईभी ब्रान्ड काइफेङ नेपालमा भित्र्याउने भएको छ।  उक्त ब्रान्डको आधिकारिक वितरक दुगड अटो क्लिनिक प्रालिले तीनवटा मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।  कम्पनीले ल्याउन लागेकामध्ये एक केएफ५०३९ ईभी इलेक्ट्रिक कमर्सियल भ्यान पनि छ। ६२.२ किलोवाट आवर (एलएफपी) ब्याट्री क्यापासिटी रहेको भ्यानले ३५० किमिभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। त्यसै... ...

नेपालखबर
तीन नेपाली चिकित्सकको सांगीतिक सहकार्यमा ‘सधैँ साथमा तिम्रो–२’ सार्वजनिक
Latest NewsJust now

तीन नेपाली चिकित्सकको सांगीतिक सहकार्यमा ‘सधैँ साथमा तिम्रो–२’ सार्वजनिक

काठमाडाैं। अमेरिकाको लस एन्जलसमा आयोजित इन्टरकन्टिनेन्टल म्युजिक अवार्ड्स २०२६ मा ‘बेस्ट अफ एसिया’ अवार्ड जित्न सफल सुपेश बस्नेतको अर्को सांगीतिक प्रस्तुति ‘सधैँ साथमा तिम्रो–२ : A Home Is You’ (Female Version) सार्वजनिक भएको छ। डा. सुरेश बस्नेत (सुपेश) को सिर्जनात्मक परिकल्पना तथा निर्माणमा तयार भएको यस म्युजिक भिडियोमा लोकप्रिय गायिका डा. त्रिशला गुरुङको सुमधुर स्वर तथा अमेरिकामा कार्यरत नेपाली चिकित्सकद्वय डा. ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement